माईक्रोबसमा ५० हजार पकेट मार्ने २ जना पक्राउ
शुक्रबार, १९ मङ्सिर २०७७, १२ : ३६
काठमाडौं । भक्तपुरबाट काठमाडौंको रत्नपार्कतिर आउँदै गरेको माईक्रोबसमा ५० हजार पकेट मार्ने २ जनालाई प्रहरीले पक्रेको छ । भक्तपुरको कौशलटारबाट मोरङ घर भएका विकास राजवंशी र सिन्धुपाल्चोकका सन्तोष लामालाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग बालकोटका प्रनानि (सई) प्रकाश बगालेको कमाण्ड टोलीले उनीहरुको साथबाट पकेट मारेको ५० हजार नगद बरामद गरेको छ ।
गठ्ठाघर बस्ने यमनाथ पौडेलले प्रहरी कन्ट्रोलको १०० नम्बरमा खबर गरेपछि प्रहरीले पाकेटमार विरुद्ध अपरेशन चलाएको थियो । पक्राउ परेकामध्ये सिन्धुपाल्चोक घर भएका २७ वर्षीय सन्तोष लामा यसअघि पनि चोरी मुद्धामा जेल बसेर निस्केको भक्तपुरकी एसपी तारादेवी थापाले रातोपाटीलाई बताइन् । महानगरीय प्रहरी परिसर भक्तपुरले उनीहरुमाथी चोरी मुद्धामा म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण