शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्ग अनुसार वि.सं. २०८३ साल साउन ९ गते शनिबार, २५ जुलाई २०२६ इस्वी, ११४६ नेपाल संवत्, रौद्र संवत्सर, दक्षिणायन, वर्षा ऋतु, १९४८ श्रीशाके हो ।
- यस दिन हरिशयनी एकादशी व्रत, चतुर्मासारम्भ र तुलसी रोप्ने दिन हो ।
- विभिन्न राशिका लागि आजको राशिफलले स्वास्थ्य, व्यापार, माया प्रेम, यात्रा र आम्दानीका बारेमा जानकारी दिएको छ ।
आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल साउन ९ गते । शनिबार । इस्वी सन् २०२६ जुलाई २५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । आषाढ शुक्लपक्ष । तिथि–एकादशी मध्यान्ह १२ बजेर ५ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–अनुराधा, बिहान ६ बजेर १६ मिनेट उप्रान्त ज्येष्ठा । योग–ब्रम्ह्, बेलुकी ११ बजेर २५ मिनेट उप्रान्त ऐन्द्र । करण–भद्रा, मध्यान्ह १२ बजेर ५ मिनेट उप्रान्त बव, रातको १ बजेर ४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–वृश्चिक ।
काठमाडौँमा सूर्योदय बिहान ५ बजेर २५ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५५ मिनेट । दिनमान ३३ घडी ५० पला ।
दिन विशेष : हरिशयनी एकादशी व्रत । चतुर्मासारम्भ । तुलसी रोप्ने ।
आजको बार बेला ।
- बिहान ५ बजेर २४ मिनेटसम्म काल बेला ।
- बिहान ५ बजेर २५ मिनेटदेखि बिहान ७ बजेर ५ मिनेटसम्म शुभ बेला ।
- बिहान ७ बजेर ६ मिनेटदेखि बिहान ८ बजेर ४७ मिनेटसम्म रोग बेला ।
- बिहान ८ बजेर ४८ मिनेटदेखि बिहान १० बजेर २८ मिनेटसम्म उद्वेग बेला ।
- बिहान १० बजेर २९ मिनेटदेखि मध्यान्ह १२ बजेर १० मिनेटसम्म चर बेला ।
- दिउँसो १२ बजेर ११ मिनेटदेखि दिउँसो १ बजेर ५१ मिनेटसम्म लाभ बेला ।
- दिउँसो १ बजेर ५२ मिनेटदेखि दिउँसो ३ बजेर ३३ मिनेटसम्म अमृत बेला ।
- दिउँसो ३ बजेर ३४ मिनेटदेखि बेलुकी ५ बजेर १४ मिनेटसम्म काल बेला ।
- बेलुकी ५ बजेर १५ मिनेटदेखि बेलुकी ८ बजेर १४ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ८ बजेर ४६ मिनेटदेखि बिहान १० बजेर २८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त
बिहान ३ बजेर ४८ मिनेटदेखि बिहान ४ बजेर ३६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ । व्यापारमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक कामहरू प्रभावित हुनेछन् । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुःख पाइनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । तर पनि यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथी भेटिनेछ । व्यापार र औद्योगिक क्षेत्रबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ । छोटो दुरीको धार्मिक यात्रा हुनेछ । परिवारका साथ रमाइलो जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययनमा प्रविधिको प्रयोग गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यले साथ नदिने हुनाले दौडधुप नगर्नु होला । व्यापारमा भनेजस्तो आम्दानी हुने छैन । माया प्रेममा अविश्वास वा धोका हुनेछ । ऋण, रोग तथा शत्रुको सामान गर्नुपर्दा मन खिन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट खासै सहयोग पाइने छैन । तर पनि अध्ययन वा नोकरीमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) उपहार तथा चिट्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्तिहरू लाभ हुनेछन् । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । व्यापार व्यवसायमा लगानी गर्दा प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरू सहज रूपमा हुनेछन् भने महत्त्वपूर्ण कामहरू सम्पादन हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मीयता झल्कनेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा साथीभाइहरूले काममा बाधा तथा अवरोध गर्नेछन् । पढाइ लेखाइ सुस्त गतिमा अगाडी बढ्नेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाब सिर्जना हुनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । तर पनि कृषि तथा पशु चौपायाको व्यवसाय फस्टाएर जानेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दाजुभाइ तथा छिमेकीसँग मनमुटाब बढ्ने ग्रहयोग रहेको छ ध्यान दिनुहोला । व्यापारमा प्रशस्त समय लगानी गरे पनि आम्दानी न्यून हुनेछ । विवाद तथा हुलमुलमा सामेल नहुनु नै राम्रो रहेको छ । यात्रा गर्दा ध्यान दिनुहोला बाधा अवरोधको सामना गर्नु पर्नेछ । प्रेममा प्रसङ्गमा मनमुटाब सिर्जना हुने योग रहेको छ । आट तथा साहस गर्न नसक्दा हातमा आइसकेको काम नआउन सक्छ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने होटल तथा खानपान सम्बन्धी व्यापारबाट लाभ लिन सकिनेछ । प्रयत्न गर्दा भइपरी आउने समस्याहरू सहजै समाधान हुनेछ ।
- वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुराना कमी कमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । माया प्रेममा रमाइलो गर्दै समय व्यातित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । व्यापार तथा औद्योगिक क्षेत्रमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिनेछ । राजनीतिज्ञ तथा पत्रकारको लागी समय राम्रो रहेको छ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाइनेछ । मन परेको मानिसबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । न्याय सङ्गत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेको छ । मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आए पनि स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्रोत साधन जुट्नाले कार्यक्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरू सम्पादन हुने तथा कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ । व्यापार व्यवसाय फस्टाउनाले आम्दानी बढ्नेछ । अध्ययनमा सुधार हुने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) शरीरमा घाउ, खटिरा तथा चोटपटकको भए रहनेछ । आफन्तसँगको लेनदेन कारोबारले शत्रुता बढ्नेछ । माया प्रेममा सामान्य मनमुटाब बढ्ने तथा श्रीमान् श्रीमती बिचको सम्बन्धमा उतार चढाव बढ्नेछ । बुवा आमाको स्वास्थ्य बिग्रनाले खर्च बढ्नेछ । समाजसेवा तथा राजनीतिमा जनताको साथ नपाइने हुँदा पद प्राप्तिको योग टरेर जानेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भाग्य भावमा गोचर गर्ने चन्द्रमाको शुभ प्रभावले धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू हुनेछन् । पूजा सामाग्री तथा चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राज्यको नजिक भई काम गर्नेहरूले आर्थिक लाभ प्राप्त गर्ने समय रहेको छ । व्यापारमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण