घुससहित सशस्त्रका सहायक हवल्दार पक्राउ
शुक्रबार, १९ मङ्सिर २०७७, १७ : ३७
बुटवल । कपिलवस्तुको कृष्णनगरमा सशस्त्र प्रहरी सहायक हवल्दार घुससहित पक्राउ परेका छन् । घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस लिँदै गर्दा सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।
आयोगको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले ३५ हजार घुससहित उनलाई पक्राउ गरिएको रातोपाटीलाई बताए । उनकाअनुसार सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट कृष्णनगरमा कार्यरत सहायक हवल्दार गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो । कृष्णनगर नगरपालिका २ गोलघरस्थित मिलन रेष्टुरेन्ट एण्ड दुर्गा गेष्ट हाउसबाट उनलाई नियन्त्रणमा लिएको भुसालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण