बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रशासनको अनुरोध राजावादीले मानेनन्, तस्बिरमा हेर्नुहोस् प्रदर्शन

शनिबार, २० मङ्सिर २०७७, १४ : २८
शनिबार, २० मङ्सिर २०७७

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुरोधलाई बेवास्ता गर्दै राजवादीहरुले शनिबार राजधानीमा प्रदर्शन गरेका छन् । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले राजधानीको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘गणतन्त्र धोका हो, संघीयता खारेज गरौँ, हिन्दु राष्ट्र कामय गर,  मेची–काली के भन्छ नागरिक सरकार ल्याउ भन्छ, एमसीसी खारेज गरौँ जस्ता नारा लगाएका थिए । 

माइतीघरमा भेला भएका राजवादीहरुको जुलुस नयाँ वानेश्वरसम्म पुगेको थियो भने सो क्रममा ठूला संख्यामा सुरक्षाकर्मी परिचलन गरिएको थियो । 

केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कोरोनाको संक्रमण फैलिनसक्ने भन्दै धर्ना, जुलुस, प्रदर्शन जस्ता गतिविधि नगर्न अनुरोध गरेको थियो ।

प्रदर्शनकारीहरुले सो आग्रहलाई बेवास्ता त गरेनन् कुनै सामाजिक दुरी समेत अपनाएनन् । राजावादीहरुले पछिल्लो समय काठमाडौँसहित देशभर प्रदर्शन गर्दै आएका छन् ।

हेरौं केही तस्बिरहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप