अदालतमा रिट परेपछि मालपोतद्वारा सेवा तालिका सार्वजनिक
कर्णाली । उच्च अदालतमा रिट परेपछि जिल्ला मालपोत कार्यालयले स्थानीय तहअनुसार सेवा प्रवाह गर्ने निर्णय गरेको छ । मालपोतले सेवा प्रवाहलाई सहज बनाउनुका साथै कोभिड–१९ को महामारीबाट सुरक्षित रहन यस्तो निर्णय गरेको हो ।
जिल्ला मालपोत कार्यालयका प्रमुख लक्ष्मी खत्रीले हरेक साताको आइतबार, सोमबार चौकुने, बराहताल, चिङ्गाड, पञ्चपुरी, लेकवेशी र भेरीगङ्गा तथा मङ्गलबारदेखि शुक्रबारसम्म वीरेन्द्रनगर नगरपालिकाका सेवाग्राहीका लागि समय तोकिएको जानकारी दिए । सेवा तालिका आइतबारदेखि नै लागू भएको जनाइएको छ । यसअघि पहुँचका भरमा सेवाग्राहीले सेवा लिँदै आएका थिए ।
मालपोत कार्यालयमा सेवाग्राहीले अनावश्यक सास्ती झेल्नुपरेको भन्दै अधिवक्ता शेरबहादुर खत्रीले उच्च अदालत सुर्खेतमा रिट दायर गर्नुभएको थियो । बिहीबार उक्त रिटमाथि सुनुवाई गर्दै अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न मालपोत कार्यालयलगायत विपक्षीका नाउमा आदेश दिएको छ । रिट निवेदनमा मालपोतका साथै जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वीरेन्द्रनगर नगरपालिका, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनाको ‘म्याजिकल’ कमब्याक शृंखला, इङ्ल्यान्डले कस्तो गल्ती गर्यो ? (भिडियो)
-
अब हाम्रो नेतृत्वको सरकारले सुशासन र समृद्धिको जग बसाल्छः खगराज भट्ट
-
कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा
-
किन एकपछि अर्को गर्दै एक्लिँदै छ नेकपा एमाले ?
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
लुम्बिनीमा कांग्रेस अझै पर्खाइमा, भोलि पुन बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण