बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
विश्वकप फुटबल

अर्जेन्टिनाको ‘म्याजिकल’ कमब्याक शृंखला, इङ्ल्यान्डले कस्तो गल्ती गर्‍यो ? (भिडियो)

बिहीबार, ३२ असार २०८३, १९ : १४
बिहीबार, ३२ असार २०८३

सारांश

  • फिफा विश्वकप-२०२६ को अन्तिम सेमीफाइनल खेलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।
  • खेलमा इङ्ल्यान्डले अग्रता लिए पनि अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गर्‍यो ।
  • यस जितसँगै अर्जेन्टिनाले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

काठमाडौँ । फिफा विश्वकप-२०२६ को अन्तिम सेमीफाइनल खेलमा पनि अर्जेन्टिनाले ‘म्याजिकल’ कमब्याक शृंखलालाई निरन्तरता दिएको छ । गएराति अमेरिकाको एट्लान्टा स्टेडियममा इङ्ल्यान्डविरुद्ध २-१ को सनसनीपूर्ण जित निकाल्यो । जबकि खेलमा अग्रता भने इङ्ल्यान्डले बनाएको थियो । यससँगै अर्जेन्टिनाले उपाधि भिडन्तका लागि स्पेनसँगको भेट पक्का गरेको छ । 

अर्जेन्टिना र इङ्ल्यान्डको खेलसँगै सन् १९८२ मा भएको फकल्यान्ड युद्धको चर्चा पनि हुने गर्छ । हाल बेलायत (इङ्ल्यान्ड)को हिस्सा रहेको फकल्यान्डु टापु भौगोलिक र ऐतिहासिक रूपमा आफ्नो रहेको भन्दै अर्जेन्टिनाले पनि दाबी गर्दै आएको छ । 

फकल्यान्ड युद्धको ऐतिहासिक पृष्ठभूमिले दुवैतर्फका खेलाडीहरूमा मनोवैज्ञानिक प्रभाव पनि पार्‍यो ? अग्रता बनाइसकेको खेलमा इङ्ल्यान्डले कहाँनिर कमजोरी गर्‍यो ? पछिल्ला तीन खेलमा अर्जेन्टिनाले कसरी ‘म्याजिकल कमब्याक’ गरिरहेको छ ? फाइनलमा स्पेनको टिकीटाका शैलीलाई अर्जेन्टिनाको म्याजिकल कमब्याक ट्रेन्डले कति चुनौती देला ? नेपाली फुटबलको अबको भविष्य के ? यिनै विषयमा केन्द्रित रहेर रातोपाटीको विश्वकप विशेषमा नेपाली राष्ट्रिय टिमका प्रशिक्षक तथा पूर्व स्ट्राइकर हरि खड्कासँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोला ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप