कोरोना उपचारमा दोहोरो शुल्क लिने अस्पताललाई सरकारले कारबाही गर्ने
कोरोना उपचारमा सूचीकृत अस्पतालहरूले दोहोरो शुल्क लिएको गुनासो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही अस्पतालले बिरामी र स्वास्थ्य मन्त्रालय दुवैबाट शुल्क लिएको गुनासो आएको जानकारी दिएका हुन् ।
‘सेवाग्राही र स्वास्थ्य मन्त्रालयसँग दोहोरो शुल्क लिएको भन्ने जनगुनासो आइरहेको छ,’ प्रवक्ता गौतमले भने । आइतबार मन्त्रालयमा बसेको इन्सिडेन्ट कमान्ड समितिको बैकठले दोहोरो शुल्क लिने अस्पतालहरूलाई अनुगमन गरी कारबाही गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । कोरोनाकै बहानामा कतिपय नाम चलेका निजी अस्पतालले दोहोरो शुल्क लिने गरेको उजुरीसमेत मन्त्रालयमा परेको मन्त्रालयले जनाएको छ ।
सोही बैठकले सबै प्रदेशमा उच्चस्तरीय समिति, एम्बुलेन्स सेवा व्यवस्थापन समिति, कन्ट्याक्ट ट्रेसिङ समिति, सूचना तथा मेडिकल टास्क फोर्स समिति निर्माण गरी कार्यान्वयन गर्नेरगराउने निर्णय गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण