वन मुद्धामा फरार प्रतिवादी ७ बर्षपछि पक्राउ
सोमबार, २२ मङ्सिर २०७७, ११ : ०७
काठमाडौं । वन मुद्धामा फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले ७ बर्षपछि पक्राउ गरेको छ ।
तनहुँ बरभन्ज्याङ बस्ने ४२ बर्षिय अर्जुन गैरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले रातोपाटीलाई बताए ।
०७० चैत १२ मा जिल्ला अदालत तनहुँले अर्जुनलाई ३ महिना कैद र १९ हजार जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि फरार रहेका उनलाई व्यास नगरपालिका–१२ देउरालीबाट प्रहरीले पक्रेको हो ।
अदालतको आदेशले उनलाई कारागार कार्यालय तनहुँमा थुनामा पठाइएको डिएसपी तिमिल्सिनाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण