एआईजीमा सिफारिसविरुद्ध राज्यव्यवस्था समितिमा उजुरी, पोखरेललाई छलफलको लागि बोलाइने
काठमाडौँ । सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) गरेको बढुवा सिफारिसविरुद्ध संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।
मंसिर १५ गते गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा बसेको बढुवा समितिको बैठकले डीआईजी विश्वराज पोखरेललाई एआईजीमा सिफारिसमा गरेको थियो । सरोकार राख्ने नागरिक समाजका एक अगुवाले पोखरेलविरुद्ध उजुरी हालेका हुन् ।
उनीभन्दा सिनियर (आईजीपीका ब्याजी) प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) छन् । आईजीपीका ब्याजीहरु डीआईजी हुँदाहुँदै जुनियरलाई एआईजीमा सिफारिस गरेको भन्दै पोखरेललाई छलफलको लागि बोलाउने तयारी भएको छ ।
नेपाल प्रहरी गृह मन्त्रालय मातहत पर्छ । पोखरेललाई छलफलको लागि आज बोलाउने भयारी भएपनि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग सम्पर्क हुन नसकेकाले भोलि बोलाउने तयारी भएको राज्य व्यवस्था तथा सुशासन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
हलिउडमा पुनरागमन गर्दै तब्बु
-
संसदीय छानबिन समिति बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता छ : रमेश लेखक
-
कोशीका १२ स्थानीय तहमा कानुनको व्यवहारिक शिक्षा कार्यक्रम सञ्चालन हुने
-
राष्ट्रपतिको सवारीमा बानेश्वर चोकमा मात्रै सवारी चल्न रोक
-
बजेटसँग तादात्म्यता मिल्ने र कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रम आयो : स्वर्णिम वाग्ले