एआईजीमा सिफारिसविरुद्ध राज्यव्यवस्था समितिमा उजुरी, पोखरेललाई छलफलको लागि बोलाइने
काठमाडौँ । सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) गरेको बढुवा सिफारिसविरुद्ध संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।
मंसिर १५ गते गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा बसेको बढुवा समितिको बैठकले डीआईजी विश्वराज पोखरेललाई एआईजीमा सिफारिसमा गरेको थियो । सरोकार राख्ने नागरिक समाजका एक अगुवाले पोखरेलविरुद्ध उजुरी हालेका हुन् ।
उनीभन्दा सिनियर (आईजीपीका ब्याजी) प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) छन् । आईजीपीका ब्याजीहरु डीआईजी हुँदाहुँदै जुनियरलाई एआईजीमा सिफारिस गरेको भन्दै पोखरेललाई छलफलको लागि बोलाउने तयारी भएको छ ।
नेपाल प्रहरी गृह मन्त्रालय मातहत पर्छ । पोखरेललाई छलफलको लागि आज बोलाउने भयारी भएपनि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग सम्पर्क हुन नसकेकाले भोलि बोलाउने तयारी भएको राज्य व्यवस्था तथा सुशासन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण