सहकारीले ऋण लगानी गर्दा बढीमा १ प्रतिशत मात्र सेवा शुल्क लिन पाउने, माघबाट लागु हुने
सहकारीहरुको ऋण लगानी गर्दा लिने सेवा शुल्कमा पनि सहकारी विभागले लगाम लगाएको छ । सहकारीको ऋणको ब्याजदर घटाएसँगै चर्को सेवा शुल्क असुल्न थालेका सहकारीहरुले अब बढीमा १ प्रतिशत मात्र सेवा शुल्क लिन पाउने भएका छन् । यो व्यवस्था माघबाट लागु हुने सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले बताए । निर्देशन अनुसार लघुवित्त ऋणमा भने १.५ प्रतिशसम्म सेवा शुलक लिन पाउनेछन ।
सहकारी ऐन, २०७४ को दफा ५(९३) र नियमावलीको दफा ७६ (१) (झ) बमोजिम तथा राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ र राष्ट्रिय सहकारी बैङ्कका प्रतिनिधिहरु सम्मिलित बैठकको निर्णय एवम् प्राप्त सुझावका आधारमा सेवा शुलक निर्धारण गरिएको विभागले जनाएको छ ।
सहकारी विभागले पहिलोपटक २०७६ साउनमा १६ प्रतिशत ब्याजदरको सीमा तोकेको थियो । पछि त्यसलाई पुनरावलोकन गर्दै कात्तिक १५ गतेबाट १४.७५ प्रतिशतभन्दा बढी व्याजदर लिन नपाउने व्यवस्था गरिएको छ । ब्याजदरमा सिमा तोकेपछि सहकारीले ऋण लगानीको सेवा र नविकरण शुल्कका नाममा चर्को रकम असुल्दै आएका थिए ।
सो गुनासो विभागमा बढ्न थालेपछि सहकारी ऐनलाइ नै टेकेर शुल्क निर्धारण गरिएको डा. पाण्डेले बताए । सहकारीले ५ प्रतिशतसम्म सेवा शुल्क लिन थालेका थिए । विभागकै अनुगमनमा पनि ५ प्रतिशतसम्म सेवा शुल्क लिएको पाइएको थियो ।
सदस्यको जीवनस्तर उकास्न छाडेर सेवा शुल्कमा सहकारीको ध्यान
सदस्यको हितका लागि खुलेका सहकारी पछिल्लो समय व्यापारीक बढी हुन थालेको आरोपसमेत लाग्ने गरेको छ ।
सदस्यको जीवनस्तर उकास्नका लागि सहकारीले उद्यमशीलता तथा व्यवसायमा प्रोत्साहन गर्नुपर्ने भएपनि अहिले कसरी सेवाशुल्क बढी लिन पाइन्छ, कसरी ब्याज बढी लिन पाइन्छ भन्नेतिर मात्र सहकारीको ध्यान केन्द्रित छ । यसकारण उनीहरु हितमुखीभन्दा पनि नाफामुखी बढी हुन थालेको भन्दै सहकारीहरु आलोचित छन् । सहकारीले लिने व्याजदर र सेवाशुल्क नियामक विभागले तोकपछि केही हदसम्म सहकारीको व्यवहार सुध्रने सरोकारवालाहरु बताउँछन् । यद्यपि, सीमा मात्र तोकिदिने तर त्यसको कार्यान्वयनमा वास्ता नगर्ने हो भने यसको कुनै अर्थ नरहेको पनि अधिकारीहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण