प्रदेश २ सरकार र संघीय सरकारबीच घनिष्ठ सम्बन्ध छः मन्त्री भट्टराई
जनकपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रदेश २ सरकार र केन्द्र सरकारबीच घनिष्ट सम्बन्ध रहेको बताएका छन् । मंगलबार जनकपुरधाम स्थित विमानस्थलको नवनिर्मित टर्मिनल भवन तथा कन्ट्रोल टावरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री भट्टराईले भने– ‘हाम्रो मित्रता असल छ, हामी बीचमा कुनै समस्याहरु छैनन् । हामी समस्याविहिन सम्बन्धको रुपमा रहेका छौं । संघीयतको अभ्यासको क्रममा केहि समस्याहरु आउनु स्वभाविक हो । हामी कोही पनि अहिले संघियताका अनूभवी र ज्ञाता भइसकेका छैनौँ ।’
मन्त्री भट्टराईले जनकपुरधामको विकास संघीय सरकारको पहिलो प्राथमिकतामा रहेको बताए । उनले जनकपुर धामजस्तो पवित्र स्थलमा टर्मिनल भवन निर्माण गर्न पाउँदा खुसी लागेको बताए । उनले भने–‘विमानस्थल निर्माण सम्पन्न पश्चात सञ्चालनमा आएको टर्मिनल भवन प्रदेश २ सरकार, स्थानीय सरकार र संघीय सरकार बीचको मित्रताको सेतु हो । यो टर्मिनल भवन जनकपुरधामजस्तो पवित्र तिर्थस्थललाई संघिय सरकारको तर्फबाट प्राप्त एउटा सुन्दर उपहार हो ।’
त्यस्तै धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले जनकपुरधाम विमानस्थललाई अझ बढी आधुनिक बनाउनेतर्फ ध्यान पुर्याउन मन्त्री भट्टराईसँग आग्रह गरे । जनकपुर विमानस्थलको नाम परिवर्तन गरि जनकपुरधाम विमानस्थल कायम गरिए यसले धार्मिक पर्यटनको क्षेत्रमा थप योगदान पुग्ने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण