बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सगरमाथाको उत्तरतर्फ चीन रहेकोले उचाई मापनमा सहकार्य गर्‍यौं : परराष्ट्रमन्त्री  ज्ञवाली

मङ्गलबार, २३ मङ्सिर २०७७, १८ : ३९
मङ्गलबार, २३ मङ्सिर २०७७

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथाको उत्तरतर्फ चीन रहेकोले सगरमाथाको उचाई मापनको काम नेपाल र चीनका प्राविधिकहरुले संयुक्त रुपमा गरेको बताएका छन् । मंगलबार काठमाडौंमा सगरमाथाको उचाई सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले चिनियाँ प्राविधिक टोलीसँग सहकार्य गरेर सर्वस्वीकार्य रुपमा सगरमाथाको उचाई सार्वजनिक गरिएको बताए ।

 उत्तरका हिमालहरु नेपाल चीन मित्रताका प्रतिक रहेकाले पनि संयुक्त रुपमा मापन गरिएको उनले बताए । उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग दुई पक्षीय हितका साथै हिमाली क्षेत्रको पर्यावरण कसरी जोगाउन सकिन्छ भन्ने बारेमा पनि छलफल गरेको जानकारी दिए ।

 हिमालहरु हिँउ बिनाको पहाड हुने हो कि भन्ने चिन्ता लागेको बताउँदै जलवायु परिवर्तनको असर र त्यसलाई रोकथाम कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको उल्लेख गरे ।  उनले नेपाली प्राविधिकहरुले आफ्नै स्रोत र साधन प्रयोग गरी सगरमाथाको उचाई मापन गरेर नेपालीको शीर उचोँ बनाएको भन्दै धन्यवाद समेत दिए । मंगलबार एक समारोहका बीच चीन र नेपालका प्रतिनिधिले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप