सगरमाथाको उत्तरतर्फ चीन रहेकोले उचाई मापनमा सहकार्य गर्यौं : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथाको उत्तरतर्फ चीन रहेकोले सगरमाथाको उचाई मापनको काम नेपाल र चीनका प्राविधिकहरुले संयुक्त रुपमा गरेको बताएका छन् । मंगलबार काठमाडौंमा सगरमाथाको उचाई सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले चिनियाँ प्राविधिक टोलीसँग सहकार्य गरेर सर्वस्वीकार्य रुपमा सगरमाथाको उचाई सार्वजनिक गरिएको बताए ।
उत्तरका हिमालहरु नेपाल चीन मित्रताका प्रतिक रहेकाले पनि संयुक्त रुपमा मापन गरिएको उनले बताए । उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग दुई पक्षीय हितका साथै हिमाली क्षेत्रको पर्यावरण कसरी जोगाउन सकिन्छ भन्ने बारेमा पनि छलफल गरेको जानकारी दिए ।
हिमालहरु हिँउ बिनाको पहाड हुने हो कि भन्ने चिन्ता लागेको बताउँदै जलवायु परिवर्तनको असर र त्यसलाई रोकथाम कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको उल्लेख गरे । उनले नेपाली प्राविधिकहरुले आफ्नै स्रोत र साधन प्रयोग गरी सगरमाथाको उचाई मापन गरेर नेपालीको शीर उचोँ बनाएको भन्दै धन्यवाद समेत दिए । मंगलबार एक समारोहका बीच चीन र नेपालका प्रतिनिधिले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण