शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

दिवंगत अभिनेता चिरञ्जिवी सरजाकी श्रीमती मेघना र नवजात छोराको कोरोना रिपोर्ट पोजेटिभ

बुधबार, २४ मङ्सिर २०७७, १३ : ५९
बुधबार, २४ मङ्सिर २०७७

दिवंगत अभिनेता चिरञ्जिवी सरजाकी श्रीमती तथा अभिनेत्री मेघना राज तथा उनका नवजात छोरा दुबैको कोरोनाभाइरस रिपोर्ट पोजेटिभ आएको छ । साथै मेघनाका आमा–बुवा पनि कोरोनाद्वारा पोजेटिभ पाइएका छन् । मेघनाले आफ्नो इन्स्टाग्राम पेजमा एक नोटमार्फत् यो कुराको जानकारी दिएकी हुन् । उनले आफ्नो प्रशंसकलाई चिन्ता नगर्न अनुरोध गरेकी छिन् । 


मेघनाले के भनिन् ?

इन्स्टाग्रामा मेघनाको नोटमा लेखिएको छ, ‘सबैलाई नमस्कार, मेरा पिता, आमा, म स्वयं र मेरा छोराको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । पछिल्लो केही हप्तामा हाम्रो सम्पर्कमा आएका सबैलाई हामीले यसबारे सूचीत गरिसकेका छौं । म चिरु र उनका प्रशंसकलाई हामी सबै ठिक छौं भन्न चाहन्छौं र जुनियर सी (चिरञ्जिवीका प्रशंसकले उनका छोरालाई जुनियर चिरु भन्छन्) पनि ठिक छन् । हामी एक परिवारको रुपमा यो लडाईं लड्नेछौं र यसमा विजयी हुनेछौं ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Meghana Raj Sarja (@megsraj)

चिरञ्जिवी र मेघनाको पहिलो सन्तान यो वर्ष अक्टोबरमा जन्मिएका थिए । छोरा जन्मनु चार महिना अघि चिरञ्जिवी सरजाको अचानक मृत्यु भएको थियो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप