रुपन्देहीमा थप २ जना कोरोना संक्रमित पुरुषको मृत्यु
बुटवल । रुपन्देहीमा उपचारत थप २ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पताल र भैहरवाको भीम अस्पतालमा उपचाररत २ जना पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा रूपन्देहीको सैनामैनाका ७३ वर्षीय पुरूष रहेका छन् । अर्घाखाँची भूमिकास्थानका एक पुरुष रहेका छन् ।
मंसिर २० गते कोरोना संक्रमण पुष्टि भई भीम अस्पतालमा २२ गते अस्पताल भर्ना भएका रुपन्देही सैनामैनाका पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलले बताए । उनी उच्च रक्तचाप र मधुमेहका दीर्घरोगी समेत रहेको अस्पतालले जनाएको छ । त्यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत अर्घाखाँची भूमिकास्थानका ४० वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा भूमिकास्थान नगरपालिका साबिक धारापानी गाविसका ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतलाले जारी गरेको सूचनामा उल्लेख छ । ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि मंसिर १७ गते अस्पतालमा भर्ना हुन आएका ती पुरुषको सोही दिन गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण