के दालचिनीको सेवनले साँच्चै तौल घट्छ ?
दालचिनी आफ्नो गुलियो गुलियो, पिरो पिरो स्वादका लागि परिचित छ । जाडोयाममा यसको सेवन निकै फाइदाजनक मानिन्छ । यसको प्रयोग एक स्वादिष्ट मसलाको रुपमा गरिन्छ । यसबाहेक दालिचिनी थुप्रै स्वास्थ्य लाभले भरिपूर्ण हुन्छ ।
यस्तोमा के तपाईंलाई दालचिनी तौल कम गर्न पनि सहयोगी हुन्छ भन्ने कुरा थाहा छ ? यसमा एन्टी डायबिटिक, एन्टी अक्सिडेन्ट र एन्टी क्यान्सरको गुण पाइन्छ । दालचिनीले शरीरमा भएको ब्याड फ्याट जसलाई सेतो बोसो भनिन्छ, त्यसलाई कम गर्ने काम गर्छ । ब्राउन फ्याट शरीरको राम्रो फ्याट हो । अनुसन्धानकर्ताका अनुसार दालचिनीले शरीरमा गुड फ्याट वा ब्राउन फ्याट बढाउने काम गर्छ । ब्राउन फ्याटले चिसो मौसममा शरीरलाई तातो राख्न मद्दत गर्छ ।
दालचिनीले भोक दबाउन, रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र मेटाबोलिजम बढाउन निकै मद्दत गर्छ । यदि तपाईं तौल कम गर्ने कोसिस गरिरहनुभएको छ भने तपाईं दालचिनीलाई विभिन्न प्रकारले आफ्नो दैनिक आहारमा समावेश गर्न सक्नुहुन्छ ।
– यसलाई तपाईं जुस, तरकारी, भातमा प्रयोग गर्न सक्नुहुन्छ । यसले खानामा भिन्न स्वाद ल्याउन मद्दत गर्छ ।
– दालचिनीलाई दैनिक तातो पानीमा उमालेर त्यसमा मह हालेर खाने हो भने यसले तौल घटाउँछ।
– दालचिनी नेपाली मसलाको महत्वपूर्ण हिस्सा हो । यसको बास्नाले खानालाई थप स्वादिष्ट बनाउने गर्छ ।
– तौल कम गर्नका लागि जूसमा थोरै दालचिनी पाउडर मिसाएर पिउनुहोस् । यसले स्वाद पनि बढ्छ र तौल कम गर्न पनि सहयोगी भूमिका खेल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण