वीर अस्पतालमा कोभिडसँगै ‘नन्–कोभिड’ बिरामीको पनि उपचार सुरु
काठमाडौं । वीर अस्पतालले कोभिडसँगै ‘नन्–कोभिड’ बिरामीको पनि उपचार सुरु गरेको छ । बुधबारदेखि उक्त अस्पतालमा कोभिडसँगै ‘नन्–कोभिड’ का बिरामीहरुका लागि सामान्यदेखि विशेषज्ञ सेवा सुरु गरेको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीर अस्पताललाई कोभिड उपचार केन्द्रका रुपमा प्रयोग गरिएको थियो । त्यसो त, विगतमा वीर अस्पतालमा कोभिड र ट्रमा सेन्टरको भवनमा नन्–कोभिडका बिरामीको उपचार गर्ने भनिए पनि मानसिक त्रासका कारण नन्–कोभिडका बिरामीहरु नआएको अस्पताल स्रोत बताउँछ ।
कोभिडका बिरामीको उपचार गर्न थालेपछि अस्पतालको आय स्रोत नै कम भएको भन्दै अस्पतालले स्वास्थ्यकर्मीलाई तलबसँगै जोखिम भत्ता समेत उपलब्ध गराउन सकेको थिएन । निर्देशक डा.सेन्चुरीका अनुसार कोभिड–१९ का बिरामीलाई सम्पूर्ण उपचारको व्यवस्था गर्नुका साथै अन्य ‘नन्–कोभिड’का बिरामीलाई समेत सम्पूर्ण सामान्य तथा विशेषज्ञ सेवाहरु विगतमा झैं प्रदान गर्न थालिएको छ । वीर अस्पतालबाट सबै बिरामीले आवश्यक सेवा लिन सक्ने उनले जानकारी दिए ।
अस्पताल प्रशासनका अनुसार स्वास्थ्यकर्मीलाई आवश्यक सम्पूर्ण सुरक्षा सामग्रीसहित बिरामीको उपचारमा परिचालन गर्न थालिएको छ । सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरी कोभिड र नन्–कोभिड बिरामीको उपचार थालिएको अस्पताल प्रशासनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण