नारायणीमा बन्ने भयो ‘सी–बिच’
चितवन । पर्यटकलाई आकर्षित गर्न चितवनको नारायणी नदी किनारलाई ‘सी–बिच’ का रूपमा विकास गरिने भएको छ । भरतपुर महानगरपालिकाले गौरव आयोजनाका रूपमा ‘सी–बिच’ निर्माण आयोजना अगाडि ल्याएको हो ।
देशकै मध्य भागमा पर्ने नारायणी नदी किनारलाई आकर्षक पर्यटकीय गन्तव्य विकास गर्ने योजना अनुसार काम अगाडि बढेको महानगर प्रमुख रेणु दाहालले जानकारी दिए ।
“लामो समयदेखिको प्रयास कार्यान्वयनको चरणमा आएको छ । हामी एकपछि अर्को गर्दै भरतपुरको विकासमा ‘सी–बिच’ मोडल ल्याएका हौँं,” नगरप्रमुख दाहालले भने । यो मोडलले महानगरकै मात्र नभई चितवनकै गौरव र आर्थिक गतिविधि बढाउने दाबी उनले गरे ।
पर्यटन विभागले महानगरको गुरुयोजना अनुसार प्रारम्भिक चरणको कामका लागि झण्डै छ करोड रुपियाँ लागतमा डेढ वर्षभित्र काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरेको छ । यो ‘सी–बिच’ दुुई हजार चार सय मिटर पैदल मार्ग, दुुई ठाउँमा पार्किङ स्थल र बगैँचा निर्माण गरिने छ । नारायणी नदी किनारका लागि महानगरले यसअघि नै २३ करोड रुपियाँको लागत सहितको गुरुयोजना निर्माण गरेकोे थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा शालिग्राम नेपालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण