चिनौं यी जनावरहरु

सिंह
यो सिंह हो । यो ठूलो खालको जनावरमध्येका एक हो। यसले अरु जनावरहरुको शिकार गर्छ । त्यसरी नै यसले आफ्नो मेरो पेट भर्छ । यसलाई मांसहारी जनावर भनिन्छ ।
यसको चारवटा खु्ट्टा र एउटा पुच्छर हुन्छ । पुच्छरको रंग कलेजी रंगको हुन्छ । सिंहको भाले जातिको टाउको वरिपरि रौंको झुप्पा हुन्छ ।

बाघ
यो बाघ हो । बाघ पनि ठूलो खालको जनावरमा पर्छ । सिंहले जस्तै अरु जनावर मारेर खान्छ । बाघ पनि मांसहारी जनावर हो ।
बाघको चारवटा खुट्टा र एउटा पुच्छर हुन्छ । बाघको छालामा सुन्तले रंग र कालो रंगको पट्टी हुन्छ । बाघ निक्कै शक्तिशाली जनावर हो ।

बाँदर
यो बाँदर हो । यो सानो खालको जनावरमा पर्छ । यसले फलफूल, ओखर, बदामहरु खान मन पराउँछ । बाँदर सर्वभक्षी जनावर हो । सर्वभक्षी भनेको फलफूल, मासु दुवै खाने हो ।
बाँदरको दुईटा खुट्टा, दुईटा हात र एउटा पुच्छर हुन्छ । बाँदर मज्जाले रुख चढ्न सक्छ ।

पाण्डा
यो पाण्डा हो । यो पनि ठूलो खालको जनावर नै हो । यसलाई बाँसको कलिलो पात खान अति मनपर्छ । पाण्डा शाकाहारी जनावर हो ।
पाण्डाको चारवटा खुट्टा र एउटा छोटो पुच्छर हुन्छ । यसको रंग कालो र सेतो हुन्छ । बाँसमा मज्जाले चढ्ने पाण्डालाई खान र सुत्न धेरै मनपर्छ ।

कंगारु
यो कंगारु हो । यो पनि ठूलो खालको नै जनावर हो । यसलाई बोटविरुवा, घाँसपात खान मन पर्छ । यो पनि शाकाहारी जनावर हो ।
कंगारुको पछाडि लामो खुट्टा हुन्छ र अगाडि भने अलि छोटो खु्ट्टा । पछाडिको दुईटा खुट्टाको सहयोगमा यो मज्जाले उफ्रन सक्छ ।

गोही
यो गोही हो । यो लामो हुन्छ । यसले मासु खान मन पराउँछ । त्यसैले यो मांसहारी जीव हो ।
गोहीका चारवटा छोटा खुट्टा र एउटा लामो पुच्छर हुन्छ । यसको मुख लाम्चो खालको हुन्छ । यसको मुखभित्र थुप्रै दाँतहरु हुन्छन् । यसको टोकाइ अति शक्तिशाली हुन्छ ।
गोहीले चपाउन सक्दैन । यसले आफ्नो शिकारलाई लुछेर खान्छ ।

जिराफ
यो जिराफ हो । यो अग्लो जनावरमा पर्छ । यसलाई घाँसपात खान मन पर्छ । त्यसैले यो शाकाहारी जनावर हो ।
जिराफको लामो खुट्टा र पुच्छर हुन्छ । स्तनधारी जनावरमा जिराफ सबैभन्दा अग्लो हो । स्तनधारी भनेको बच्चा जन्माउने र दुध खुवाउने जनावर हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण