बेलायतमा कोरनाबाट मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शनिबार साँझसम्म ६४ हजार नाघेको छ । युरोपभरिमा कोरोनाका कारण मृत्यु हुने संख्याका आधारमा अग्रस्थानमा रहँदै आएको बेलायतलाई इटालीले उछिनेको छ । इटाली बेलायत भन्दा ३५० जना अघि छ । इअतालिमा शनिबार साँझसम्ममा मृतक संख्या ६४ हजार ५२० पुगेको वर्ल्डओमिटरले जनाएको छ । मृतक संख्याको आधारमा बेलायत अमेरिका, ब्राजिल, भारत, मेक्सिको र इटालीपछि छैटौं स्थानमा पर्दछ ।
बेलायतमा पछिल्लो २४ घन्टामा थप १४४ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ हजार १७० पुगेको छ । बेलायतमा सामान्यतया वीकेन्डमा सार्वजनिक हुने मृतक संख्या अन्य दिनहरुको तुलनामा निकै कम हुने गर्दछ । शुक्रबार ५१९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
यसैगरी पछिल्लो २४ घन्टामा थप १८ हजार ४४७ जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार संक्रमित संख्या २१ हजारभन्दा बढी रहेका थिए । बेलायतमा कुल संक्रमितको संख्या १८ लाख ४९ हजार ४०३ पुगेको छ । विश्वभरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ लाख नाघेको छ भने संक्रमितको संख्या पनि करिब ७ करोड २४ लाख पुगेको छ । जसमध्ये साबि भन्दा बढी प्रभावित मुलुकमा अमेरिका पर्दछ । ब्राजिल, भारत, मेक्सिको पनि बढी प्रभावित मुलुक अन्तर्गत पर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण