मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री बालुवाटारमा बसेर षडयन्त्र बुन्न व्यस्त छन्ः निधि

सोमबार, २९ मङ्सिर २०७७, १६ : १५
सोमबार, २९ मङ्सिर २०७७

भक्तपुर । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा बसेर षडयन्त्र बुन्न व्यस्त रहेको आरोप लगाएका छन् ।  सोमबार काँग्रेसले भक्तपुरको सूर्यविनायकमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘आफ्ना विरोधीलाई समाप्त पार्न वर्तमान सरकार झुट्ठा मुद्दा लगाउदैंछ ।’ 

नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को समर्थक वा कार्यकर्तालाई चाहीँ जस्तोसुकै अपराध गरेपनि छुट दिने तर, काँग्रेस समर्थकलाई भने झुटा मुद्दा लगाउने गरिएको उनको आरोप छ ।  भ्रष्टचारीलाई आफ्नै घरमा राखेर प्रधानमन्त्री ओलीले सम्मान गरेको भन्दै उनले अख्तियार, अदालत र सतर्कता केन्द्र आफै हुँ जस्तो ओलीले गरेको बताए । 

प्रमुख प्रतिपक्ष दलका सभापति र प्रधानमन्त्रीबीच भेट हुनु सुन्दर लोकतन्त्रको नमूना भएपनि ओलीसँग भेटपछि आफ्ना पार्टीका सभापति शेरबहादुर देउवाको बदनाम हुने गरेको उनको भनाई छ ।  कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘यो सरकारले के गरिहरेको छ, हामीले भन्नुपर्दैन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा प्रस्तुत गरेको प्रतिवेदन नै काफी छ ।’

वाईड वडी, निर्मला हत्याकाण्ड, कोभिड नियन्त्रणमा भएको भ्रष्टचार जस्ता कुराले वर्तमान सरकार पूर्णरुपमा असल भएको काँग्रेस उपसभापति निधिले आरोप लगाएका छन् ।  वर्तमान कम्युनिष्टको सरकार संघीयता विरोधी, गणतन्त्र विरोधी, समावेशिता विरोधी भएको उनको भनाई छ । 

मन्त्रालयमा निहित अधिकारी समेत प्रधानमन्त्रीले लिएर प्रयोग गर्नु कहाँको संघीयता हो ? भन्दै उनले प्रश्न गरेका छन् ।  अब पनि सरकार सच्चिदैन भने काँग्रेसले आन्दोलनको आँधीबेरी सिर्जना गरेर ठेगान लगाउने समेत उनले चेतावनी दिएका छन् । 

कार्यक्रममा प्रदेश सांसद कृष्णलाल भडेँल, तरुण दलका पूर्व केन्द्रिय अध्यक्ष विनोद कायस्थ, काँग्रेस भक्तपुरका सभापति दूर्लभ थापा, भक्तपुरका नेता जीवन खत्री, उद्धव खड्का लगायतले कम्युनिष्ट सरकारले जनविरोधी गतिविधि गरेकाले आन्दोलनको विकल्प नभएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप