कोभिड भ्याक्सिनः के औषधी कम्पनीले कमाउनेछन् बम्पर नाफा ?
कोरोना महामारीको सुरुवाती समयमा नै हामीलाई यो रोगको भ्याक्सिन विकसित गर्न एक वर्षसम्म लाग्न सक्छ त्यसैले भ्याक्सिनका लागि धेरै अपेक्षा नगर्न भनिएको थियो ।
तर अब १० महिना बित्नै लाग्दा कोरोनाभाइरस महामारीको भ्याक्सिन दिन थालिएको छ । र यी भ्याक्सिन आविष्कार गर्ने धेरैजसो कम्पनी अन्तर्राष्ट्रिय कम्पनी हुन् ।
फलस्वरुप लगानी विश्लेषकले यसमा कम्तिमा दुई कम्पनी (अमेरिकी बायोटेक कम्पनी मोडर्ना र जर्मनीको बायो–एन–टेक) आफ्नो साझेदार कम्पनी, अमेरिकाको फाइजरसँग मिलेर अर्को वर्ष अर्बौं डलरको व्यापार गर्ने बताएका छन् ।
तर भ्याक्सिन बनाउनेहरुले कति डलरको व्यापार गर्नेछन् भन्ने स्पष्ट छैन ।
तर जसरी यी भ्याक्सिन बनाउनका लागि लगानी गरिएको छ र जसरी ठूलो संख्यामा कम्पनीहरु भ्याक्सिन निर्माणका लागि अगाडि आएका छन्, त्यो हेर्दा यस्तो लाग्छ कि ठूलो नाफा बनाउने कुनै पनि अवसर लामो समयसम्म रहने छैन ।
कसको छ लगानी ?
महामारीको समयमा भ्याक्सिनको आवश्यकता हेर्दै सरकार र लगानीकर्ताले भ्याक्सिन बनाउने योजना र परीक्षणका लागि अर्बौं पाउन्डको राशि दिए । गेट्स फाउन्डेशनजस्ता संगठनले खुल्ला मनले यो योजनाको समर्थन गरे । यसबाहेक थुप्रै मानिसहरुले स्वतः स्फूर्त रुपमा अगाडि बढेर यो योजनालाई समर्थन गरे । अलीबाबाका संस्थापक ज्याक मा र म्युजिक स्टार डोली पार्टनले पनि यो योजनामा आर्थिक सहयोग दिएका छन् ।
साइन्स डेटा एनालिटिक्स कम्पनी एयरफिनिटीका अनुसार कोभिडको भ्याक्सिन बनाउने र परीक्षणका लागि सरकारको तर्फबाट ६.५ बिलियन पाउन्ड दिइएको छ । यस्तै गैर नाफामूलक संगठनको तर्फबाट १.५ बिलियन पाउन्ड दिइएको छ ।
कम्पनीहरुको आफ्नै लगानी २.६ बिलियन पाउन्ड मात्रै हो । यीमध्ये थुप्रै कम्पनी बाहिरी दातामा अत्यधिक निर्भर हुन्छन् ।
यहि एउटा ठूलो कारण हो जब ठूला कम्पनीले भ्याक्सिन परियोजनालाई आर्थिक सहयोग दिन हतार गरेनन् ।
अतितमा यस्तो प्रकारको आपतकालीन स्थितीमा भ्याक्सिनको निर्माण गर्नु खासै लाभदायी साबित भएको छैन । भ्याक्सिन खोज्ने प्रक्रियामा समय लाग्छ । गरिब देशलाई भ्याक्सिनको ठूलै खेपको आवश्यकता हुन्छ तर असाध्यै महँगो हुने भएकोले यो खरिद गर्न सक्दैनन् । धनी देशमा दैनिक जसो बेचिने औषधीभन्दा बढी नाफा कमाउन सकिन्छ ।
जिका र सार्सजस्ता रोगका लागि भ्याक्सिन बनाउने कम्पनीले पनि भारी क्षति व्यवहोर्नुपर्यो । यस्तै अर्कोतर्फ फ्लूजस्ता रोगका लागि बनेको भ्याक्सिनको बजार अर्बौंको छ । यस्तोमा यदि कोभिड–१९ फ्लूजस्तै बनिरह्यो र यसको वर्षैपिच्छे भ्याक्सिन लगाउनु परिरह्यो भने कम्पनीका लागि यो लाभदायक हुनसक्छ । तर ती कम्पनीका लागि मात्रै जुन सर्वाधिक असरदार हुनेछन् ।
कति मूल्य लगाइरहेका छन् ?
केही कम्पनीले अन्तर्राष्ट्रिय संकटको यो समयमा नाफा कमाउने छाँटकाँटमा देखिएका छैनन् । विशेषगरी बाहिरबाट यति आर्थिक सहयोग पाएपछि । अमेरिकाको औषधी निर्माता कम्पनी जस्तै जोनसन एण्ड जोनसन र बेलायतको एस्ट्राजेनेका अक्सफोर्ड युनिभर्सिटीस्थित बायोटेक कम्पनीसँग मिलेर काम गरिरहेको छ ।
उनीहरुले आफ्नो भ्याक्सिनको लागत खर्च उठ्ने गरी मात्रै मूल्य राख्ने बचन दिएका छन् । अहिलेसम्म हेर्ने हो भने एस्ट्राजेनेकाको सन्दर्भमा यो सबैभन्दा सस्तो मूल्य (४ डलर अर्थात् करिब साढे चार सय रुपैयाँ प्रति डोज) मा उपलब्ध हुनेछ ।
मोडर्ना एउटा सानो बायोटेक्नोलोजी कम्पनी हो । जसले वर्र्षांैंदेखि आरएनए भ्याक्सिनमा काम गरिरहेको छ । यसको प्रति डोज मूल्य करिब ३७ डलर छ । उनीहरुको उद्देश्य कम्पनीको शेयरधारकका लागि लाभ कमाउनु हो ।
यद्यपि, यहि मूल्य नै अन्तिम मूल्य हो भन्ने चाहिँ होइन ।
साधारणतया औषधी कम्पनीले भिन्न भिन्न देशमा भिन्न प्रकारको शुल्क निर्धारण गर्छ । यो सरकारमाथि निर्भर हुन्छ । एस्ट्राजेनेकाले महामारीसम्म मात्रै मूल्य कम राख्ने बताएको छ ।
बार्कलेजमा युरोपियन फर्मास्यूटिकलकी प्रमुख एमिली फिल्ड भन्छिन्, ‘अहिले धनी देशको सरकारले बढी मूल्य दिनेछ । उनी भ्याक्सिन वा डोजका लागि यति व्यग्र छन् कि उनीहरु केही गरी पनि महामारी अन्त्य होस् भन्ने चाहन्छन् ।’
उनी थप्छन्, ‘सम्भवतः अर्को वर्ष बजारमा धेरै भ्याक्सिन उपलब्ध हुन थालेपछि प्रतिस्पर्धाका कारण भ्याक्सिनको मूल्य पनि कम हुनेछ ।’
एयरफिनिटीका चीफ एक्जिक्यूटिभ रासमस बेक हेनसेन भन्छन्, ‘यसैबीच हामीले नीजि कम्पनीबाट आशा राख्नु हुँदैन । विशेष गरी यस्ता कम्पनी जुन साना छन् र अन्य उत्पादन पनि बेच्दैनन् । यस्तोमा हामीले उनीहरुबाट यो आशा गर्नु हुँदैन कि उनीहरु नाफाबारे नसोची भ्याक्सिन बेच्नेछन् ।’
उनी भन्छन्, ‘यो कुरालाई याद गर्नुपर्छ कि यी कम्पनीले एउटा ठूलो जोखिम उठाएका छन् र उनीहरु वास्तवमा निकै तीब्र रुपमा अगाडि बढेका छन् ।’
उनी भन्छन्, ‘र यदि तपाईं यी साना कम्पनी भविष्यमा पनि सफल होउन् भन्ने चाहनुहुन्छ भने उसलाई पुरस्कृत गर्न आवश्यक छ ।’
तर केही मानवतावादी भने संकटको यो स्थिती र सार्वजनिक वित्त पोषणको विषयमा भिन्न मत राख्छन् । उनीहरुका अनुसार यो सधैंको जस्तै व्यापारको समय होइन ।
के फर्मा कम्पनीले बम्पर नाफा कमाउलान् ?
विभिन्न देशका सरकार र बहुपक्षीय संगठनले पहिले नै निर्धारित मूल्य र अर्बौं खुराक खरिद गर्ने संकल्प गरेका छन् । यस्तोमा अबको केही महिनासम्म कम्पनीले ती मागलाई जति सक्दो छिटो पूरा गर्न व्यस्त हुनेछन् ।
जसले भ्याक्सिनको डोजेज धनी देशलाई बेचिरहेका छन्, उनीहरु आफ्नो लगानी उठ्ने आशा गरिरहेका छन् । यद्यपि, एस्ट्राजेनेकाले सबैभन्दा धेरै डोज आपूर्ति गर्नुपर्ने छ । यस्तो अवस्थामा उसले पनि आफ्नो लगानी उठाउने विषयमा ध्यान दिनेछ ।
पहिलो माग पुरा भएपछि भ्याक्सिनको स्थिती के होला ? यसको अनुमान लगाउन अहिले नै मुश्किल छ । किनभने यो विभिन्न कुरामा निर्भर हुन्छ । कतिवटा भ्याक्सिन सफल हुन सक्छन् र भ्याक्सिनको निर्माण र वितरण कति सुचारु हुन सक्छ, ती कुरामा निर्भर हुन्छन् ।
र्बाकलेजकी एमिली फिल्म भन्छिन्, ‘नाफा कमाउने असर निकै अस्थायी हुनेछ ।’
भ्याक्सिन बनाउने दौडमा जो सबैभन्दा अघि छन् र आफ्नो बौद्धिक सम्पदालाई साझा नगर्दा पनि संसारभरी ५० यस्ता भ्याक्सिन बन्दैछन् जो क्लिनिकल ट्रायलको अवस्थामा छन् ।
एमिली फिल्ड भन्छिन्, ‘अबको दुई वर्षमा बजारमा २० थरीको भ्याक्निस पाइन पनि सक्छ । यस्तोमा भ्याक्सिनका लागि ठूलो रकम तोक्न पनि मुश्किल हुँदै गएको छ ।’
उनका अनुसार लामो समयमा यसको असर कम्पनीको साखमा पनि पर्न सक्छ । यदि कुनै भ्याक्सिन सफल हुन्छ भने यो कोभिड उपचार वा यससँग जोडिएको अन्य उत्पादनको विक्रिको द्वार खोल्न मद्दत गर्नेछ । – बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण