बाबुरामको प्रश्नः कतै पहिलो राष्ट्रपति पदका हकदार रामराजाको सराप त लागेको हैन ?
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्माओलीले संविधान र लोकतन्त्रको हुर्मत लिएको आरोप लगाएका छन् । ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद अध्यादेश जारी गरेपछि उक्त कदमबारे सामाजिक सञ्जालमा टिप्पणी गर्दै भट्टराई सो आरोप लगाएका हुन् ।
अध्यक्ष भट्टराईले ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहँदा सत्तापक्षभित्रका र विपक्षका नेताहरु वैठक, वक्तब्यवाजी/गनगन गरेर मात्र बस्ने कि बेलैमा प्रधानमन्त्री र राष्ट्रपतिका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाअभियोगतर्फ लाग्ने हो भन्दै प्रश्न समेत गरेका छन् ।
उनले भनेका छन्ः ‘महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहॅदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू वैठक/वक्तब्यवाजी/गनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र रापका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेसन र महाभियोग तर्फ लाग्ने हो ?’
भट्टराईले अघिल्ला राष्ट्रपति र अहिलेको राष्ट्रपतिको कामकार्वाही सही नभएको टिप्पणी गर्दै पहिलो राष्ट्रपति पदका जायज हकदार रामराजाप्रसादको सराप लागेको त हैन भन्दै प्रश्न गरेका छन् । अध्यक्ष भट्टराईले भनेका छन्ः ‘सबैले आत्मसमीक्षा गरौं(विपक्षी दलका पहिलो राष्ट्रपति मपले पारित गरेका कुनै अध्यादेश जारी नगरेर निर्वाचित सरकारलाई असफल पार्ने सत्ताधारी दलकी दोश्रो राष्ट्रपति प्रमको लहडको अध्यादेशलाई मिनेटमा जारी गर्ने१कतै पहिलो राप पदका जायज हकदार स्वतन्त्र व्यक्ति रामराजाको सराप त लागेको हैन ?’
राष्ट्रपति भण्डारीले मंगलबार सरकारको सिफारिसमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि त्यसको चौतर्फी आलोचना भैरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण