शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पुस १ गते कुन राशिको दिन उत्तम, कसको मध्यम, कसले विशेष ध्यान दिनुपर्ने ?

बुधबार, ०१ पुस २०७७, ०६ : २३
बुधबार, ०१ पुस २०७७

विसं.२०७७ साल पौष ०१ गते । बुधबार । ईश्वी सन् २०२० डिसेम्बर १६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–द्वितीया, ३० घडी २६ पला, बेलुकी ०६ बजेर ५९ मिनेट उप्रान्त तृतीया । नक्षत्र–पूर्वाषाढा, ३९ घडी ४८ पला, बेलुकी १० बजेर ४४ मिनेट उप्रान्त उत्तराषाढा । योग–वृद्धि, ३६ घडी ५९ पला, बेलुकी ०९ बजेर ३७ मिनेट उप्रान्त ध्रुव । करण–बालव, बिहान ०७ बजेर ४० मिनेट उप्रान्त कौलव, बेलुकी ०६ बजेर ५९ मिनेट उप्रान्त तैतिल । 

आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०९ मिनेट । दिनमान २५ घडी ५१ पला । पौष सक्रान्ति ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सरकारी तथा दैनिक काम गर्दा ध्यान दिनहोला, अप्रिय निर्णयको शिकार होइएला । लामो दुरीको धार्मिक यात्रा भएपनि यात्राका क्रममा विभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्दा मन खिन्न हुनेछ । पढाइ लेखाइमा दिइएको समय कम हुनेछ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धी समस्या आई दैनिक कामहरु गर्न सकिने छैन । घरपरिवार तथा आफन्तबीच मनमुुटाव बढ्ने योग रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

वादविवाद तथा झै–झगडाबाट टाढै बस्नुहोला, अनावश्यक धन तथा स्थायी सम्पत्ति हानी हुन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावी हुनेछन् । आम्दानीको तुलनामा खर्च अधिक हुने हुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घर परिवार तथा चेली माईतीबीच सामान्य कुरामा राय बाझिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुँदा तिर्नुपर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

जीवन साथीको सहयोगले नाफामुलक व्यावसाय सुरु गर्न सकिनेछ भने लामो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । मानव निर्मित भौतिक सम्पत्ति तथा विलासी सामान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाइमा अरुलाई किनारा लगाउँदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । माया प्रेममा रामाउन चाहनेहरुले सँगै बसेर भलाकुसारी गर्न पाउने समय रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

शत्रु तथा प्रतिस्पर्धी हरुलाई हरेक क्षेत्रमा परास्त गर्दै भने जस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीका स्रोतहरु फराकिलो पार्दै तत्काल नयाँ व्यावसाय थालनी गर्न सकिनेछ । पढाइ लेखाइमा अरुलाई किनारा लगाउँदै स्कूल तथा कलेजमा छुट्टै पहिचान बनाउन सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावली पक्षबाट तपाईंको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ ।  

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बौद्धिक कार्यमा सहभागी भएतापनि उपलब्धि भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा नाफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । परिवारका सदस्यबाट तपाईंको काममा सहयोग नहुन सक्छ । पति पत्नीबीच मनमुटाव बढ्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला, अनेक बाधा अड्चन आईलाग्नेछ । विद्यामा सफलता पाउन निकै मिहिनेत गर्नुपर्ला । आफन्तबाट उपहार प्राप्तीको योग रहेपनि टरेर जानेछ ।
 
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) 

राजनीति तथा समाजसेवामा जनताको काम गर्न हर कोशिश गर्दा गर्दै नसकिने हुँदा आलोचनाको शिकार हुने योग रहेको छ । सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेको छ । घर परिवारबाट टाढा हुनुपर्दा नरमाईलो लाग्नेछ । पढाइ लेखाइमा मन नजाँदा वा घर बस्न मन नलाग्दा अरु भन्दा पछि परिनेछ । आमा वा घर परिवारका आफूले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा सामान्य खटपट हुने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

दाजुभाइ तथा छिमेकीबाट सहयोग तथा उपहार प्राप्तिको योग रहेको छ । आफन्त तथा मनपर्ने साथीका साथ छोटो, रमाईलो तथा अर्थपूर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछ भने शत्रु परास्त हुनेछन्  । खोज तथा अनुसन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निकाल्न प्रशस्त समय खर्चनु पर्नेछ । आफूलाई मन पर्ने भौतिक सम्पत्ति जोड्न पाउँदा मन हर्षित हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 

विभिन्न सभा समारोहमा सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर आएपनि खानपिनको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । माया प्रेमका कोपिलाहरु फक्रन पाउने छैनन्, ध्यान दिनुहोला । व्यापारमा उधारो लाने तथा रुपैया पैसा नदिनेहरुले दिक्क लाउनेछन् । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा ध्यान दिनुहोला, मनमुटाव हुने अधिक सम्भावना रहेको छ । तापनि होटल तथा रेष्टुरेन्टको व्यावसाय भने फस्टाएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समय र परिस्थितीको राम्रोसँग अध्ययन गरेर कामहरु थालनी गर्नुहोला, अरुको सल्लाह तथा सुझाव मान्दा व्यापार व्यावसायमा लगानी फस्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा कमाएको इज्जत प्रतिष्ठा यथा– स्थानमा राख्न हम्मे हम्मे पर्नेछ । भौतिक सम्पत्ति तथा विलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । घरपरिवार तथा आफन्त जनसँग मनमुटाव बढ्ने योग रहेको छ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

काम गर्दा विशेष सावधानी अपनाउनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमी हुनेछ । बाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । व्यापार व्यावसायमा मन्दी आउनेछ भने विदेशी लगानीबाट सञ्चालित उद्योग तथा व्यावसाय फस्टाएर जानेछ । कर्म प्राप्तिको लागी लामो दुरीको यात्रा हुने अधिक सम्भावना रहेको छ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) 

खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामहरुबाट लाभ लिन सकिनेछ । पढाइ लेखाइमा राम्रो तथा सम्मानजनक स्थान प्राप्त हुने हुँदा मन खुसी रहनेछ । माया प्रेममा एकअर्कालाई विश्श्वास गर्दै अगाडि बढ्ने समय रहेको छ । विभिन्न किसिमका मानव निर्मित सामानहरु प्राप्त हुनेछन् भने आफूसँग भएको सीप प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । सामाजिक काम गरी राज्यबाट पद प्रतिष्ठा पाउने गतिलो योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुने योग रहेको छ । समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ ।

तपाईंको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप