दरबारमार्गको लाउन्जमा जुवाखाल, दुई महिलासहित ८ पक्राउ
शुक्रबार, ०३ पुस २०७७, १० : ५९
काठमाडौं । दरबारमार्गस्थित लाउन्जबारमा जुवा खेल्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जयनेपाल हलसँगै रहेको वानवेक लाउन्जबारमा जुवा खेलिरहेका दुई महिलासहित ८ जनालाई महानगरीय प्रहरी वृत दरबारमार्गबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लाउन्जका शेयरधनी प्रकाश लामा, अजय लामा, सुमन घिमिरे, कल्याण कार्की, सूर्य लामा, कमल ज्ञवाली, रञ्जना ढकाल र ओममाया गुरुङ छन् ।
जुवाखालबाट ५ लाख १८ हजार बरामद गरिएको महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी रामेश्वर पौडेलले रातोपाटीलाई बताए । उनिहरुलाई जुवा मुद्दामा अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण