बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कालिकोटमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

सोमबार, ०६ पुस २०७७, १४ : १३
सोमबार, ०६ पुस २०७७

कालिकोट । कालिकोटमा आज छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । माटोको ढिस्कोमा च्यापिएर कालिकोटमा पचालझरना गाउँपालिका–९ की १४ वर्षीया अम्बिका दर्जीको मृत्यु भएको छ ।  रास्कोट नगरपालिका–९ गामखेतस्थित फुगाड खोला माटो खन्ने क्रममा च्यापिएर दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोशीले बताए । 

त्यस्तै रास्कोट नगरपालिका–९ मार्तडी भन्ने जङ्गलमा घास काट्न गएको अवस्थामा भिरबाट लडेर एकको मृत्यु भएको र मृत्तकको पहिचान खुल्न नसकेको सूचना अधिकारी यक्षराज जोशीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप