बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओलीलाई कारवाही गर्छौं, संसदलाई पुनर्जिवित पार्छौं: झलनाथ खनाल

सोमबार, ०६ पुस २०७७, १६ : २४
सोमबार, ०६ पुस २०७७

काठमाडौं । नेकपाका वरिष्ठनेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमका विरुद्ध सर्वोच्च अदालत जाने बताएका छन् । सोमबार नयाँ बानेश्वरमा विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदसमेत सहभागी भेलापछि नेता खनालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘यो संविधानकाविरुद्ध गरिएको ‘कू’ हो । यो अख्तियारको दुरुपयोगमात्रै होइन, असंवेधानिक कू भएकाले यसका विरुद्ध हामी राजनीतिक अभियान पनि चलाउछौँ,’, नेता खनालले भने, ‘साथसाथै संवैधानिक र कानुनी अधिकारका लागि सर्वोच्च अदालत पनि जान्छौँ ।’

उनले संवैधानिक र कानुनी अधिकार तथा सवै उपाय लगाएर ओलीले विघटन गरेको संसदलाई पुनर्जिवित गरेरै छाड्ने दाबी गरे । उनले केन्द्रीय समितिको बैैठकमार्फत कू गर्ने प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने समेत जनाए । ‘जसले पार्टी नीति भावना र संविधानविरुद्ध कदम चालेको छ उसलाई आवश्यक कारवाही गर्छौँ’, खनाललको भनाइ छ । नेकपाको प्रचण्ड नेपाल समुहको भेलामा प्रतिनिधि सभाका ९० र राष्ट्यि सभाका २४ जना सांसद सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप