केपी ओलीलाई कारवाही गर्छौं, संसदलाई पुनर्जिवित पार्छौं: झलनाथ खनाल
काठमाडौं । नेकपाका वरिष्ठनेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमका विरुद्ध सर्वोच्च अदालत जाने बताएका छन् । सोमबार नयाँ बानेश्वरमा विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदसमेत सहभागी भेलापछि नेता खनालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘यो संविधानकाविरुद्ध गरिएको ‘कू’ हो । यो अख्तियारको दुरुपयोगमात्रै होइन, असंवेधानिक कू भएकाले यसका विरुद्ध हामी राजनीतिक अभियान पनि चलाउछौँ,’, नेता खनालले भने, ‘साथसाथै संवैधानिक र कानुनी अधिकारका लागि सर्वोच्च अदालत पनि जान्छौँ ।’
उनले संवैधानिक र कानुनी अधिकार तथा सवै उपाय लगाएर ओलीले विघटन गरेको संसदलाई पुनर्जिवित गरेरै छाड्ने दाबी गरे । उनले केन्द्रीय समितिको बैैठकमार्फत कू गर्ने प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने समेत जनाए । ‘जसले पार्टी नीति भावना र संविधानविरुद्ध कदम चालेको छ उसलाई आवश्यक कारवाही गर्छौँ’, खनाललको भनाइ छ । नेकपाको प्रचण्ड नेपाल समुहको भेलामा प्रतिनिधि सभाका ९० र राष्ट्यि सभाका २४ जना सांसद सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण