आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गोबिन्दाले अंग्रेजी बोल्न नजान्दा वेटरको जागिर पाएनन्

बुधबार, ०८ पुस २०७७, ०५ : ५४
बुधबार, ०८ पुस २०७७

बलिउडका निकै चर्चित अभिनेता गोबिन्दाले डिसेम्बर २१ मा आफ्नो ५७ औं जन्मदिन मनाएका छन् । 

७० र ९०को दशकमा बलिउडमा एक किसिमको राज नै गरेका गोबिन्दाको अभिनय र नृत्यको जादु प्रशंसकको मानस्पटलमा अझै पनि ताजै छ । 

तर गोबिन्दाको अहिले जति नाम र दाम छ, वाल्यकाल उनको खासै सहज रहेन । उनका बुबा अरुण आहुजाले ४० वर्ष फिल्म उद्योगमा काम गरेका थिए । उनकी आमा निर्मलादेवी प्रसिद्ध क्लासिकल सिंगर एवं गायिका थिइन् । वाल्यकाल गरिबीमा बितेको थियो । उनी जन्मिनु अघि नै उनको उनको बुबा ऋणमा डुबिसकेका थिए ।

जवान हुँदै गए, घरको आर्थिक स्थिती थप खस्कँदो अवस्थामा थियो । उनको पढाई जारी नै थियो ।  कमर्शमा स्नातक गरेपछि जागिरका लागि सबैतिर धाउन थाले । मुम्बइको होटल ताजमा वेटरका लागि अन्तर्वार्ता दिए तर, जागिर पाएनन् । कारण उनले अंग्रेजी बोल्न सकेनन् । उनले २२ वर्षको उमेरमा हिन्दी फिल्म ‘इल्जाम’ बाट डेब्यु गरेका थिए । त्यसपछि अहिलेसम्म उनले आफ्नो जीवनलाई पछाडि फर्केर हेर्नुपरेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप