गोबिन्दाले अंग्रेजी बोल्न नजान्दा वेटरको जागिर पाएनन्
बलिउडका निकै चर्चित अभिनेता गोबिन्दाले डिसेम्बर २१ मा आफ्नो ५७ औं जन्मदिन मनाएका छन् ।
७० र ९०को दशकमा बलिउडमा एक किसिमको राज नै गरेका गोबिन्दाको अभिनय र नृत्यको जादु प्रशंसकको मानस्पटलमा अझै पनि ताजै छ ।
तर गोबिन्दाको अहिले जति नाम र दाम छ, वाल्यकाल उनको खासै सहज रहेन । उनका बुबा अरुण आहुजाले ४० वर्ष फिल्म उद्योगमा काम गरेका थिए । उनकी आमा निर्मलादेवी प्रसिद्ध क्लासिकल सिंगर एवं गायिका थिइन् । वाल्यकाल गरिबीमा बितेको थियो । उनी जन्मिनु अघि नै उनको उनको बुबा ऋणमा डुबिसकेका थिए ।
जवान हुँदै गए, घरको आर्थिक स्थिती थप खस्कँदो अवस्थामा थियो । उनको पढाई जारी नै थियो । कमर्शमा स्नातक गरेपछि जागिरका लागि सबैतिर धाउन थाले । मुम्बइको होटल ताजमा वेटरका लागि अन्तर्वार्ता दिए तर, जागिर पाएनन् । कारण उनले अंग्रेजी बोल्न सकेनन् । उनले २२ वर्षको उमेरमा हिन्दी फिल्म ‘इल्जाम’ बाट डेब्यु गरेका थिए । त्यसपछि अहिलेसम्म उनले आफ्नो जीवनलाई पछाडि फर्केर हेर्नुपरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण