कसले पाउला सूर्य ?
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले स्पष्ट रूपमा केन्द्रीय समितिका पदाधिकारी र सदस्य बहुमत रहेको पक्षलाई विवाद उत्पन्न हुनुअघिको दलको हैसियतको मान्यता पाउने भनेको छ । केन्द्रीय कमिटीमा ५१ प्रतिशत हुनेले नै नेकपा र सूर्य चिह्न प्राप्त गर्नेछ । दलको नाम, छाप, झन्डा वा चिह्न, दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयसम्बन्धी विवादमा आधिकारिकता दाबी गर्ने पक्षले आयोगमा निवेदन दिनलाई पनि केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षर लिएर जानुपर्ने ऐनको प्रावधान छ । त्यस्तो अवस्थामा दलको विवादमा केन्द्रीय समितिको अंकगणित धेरै महत्त्वपूर्ण मानिएको छ ।
दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्दै पार्टी अध्यक्षबाट हटाएको औपचारिक जानकारी पनि बुधबार निर्वाचन आयोगलाई गराएको छ । आयोगलाई बुझाएको पत्रमा केन्द्रीय कमिटीका बहुमत सदस्यको उपस्थितिमा उक्त निर्णय गरिएको दाबी गरिएको छ । ओलीको स्थानमा माधवकुमार नेपाललाई अध्यक्ष बनाइएको बैठकको निर्णय पनि आयोगलाई दिइएको छ । २ सय ८७ जना केन्द्रीय सदस्य उपस्थित भएर ओलीलाई अध्यक्षबाट हटाएको तथा वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउने निर्णय गरिएको दाबी दाहाल–नेपाल पक्षको छ । उक्त संख्या केन्द्रीय कमिटीको ६६ दशमलव १३ अर्थात् दुई तिहाइ रहेको दाबी आयोगमा बुझाइएको पत्रमा गरिएको छ । पत्रमा अध्यक्षका रूपमा दाहाल र नेपालको हस्ताक्षर छ । अबका निर्णयहरू र लेखिने पत्रहरूमा दाहाल र नेपालको हस्ताक्षर रहने जानकारीसमेत आयोगलाई दिइएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपाको पुस ७ गते बसेको केन्द्रीय कमिटी बैठक र त्यसले गरेका निर्णयहरू आयोगमा प्राप्त भएको बताए । ‘दुई पक्षबाट अलग–अलग रूपमा केन्द्रीय कमिटीको निर्णयको जानकारी आयोगमा प्राप्त भएको छ,’ उनले भने, ‘एउटै पार्टीका सन्दर्भमा दुई थरी निर्णय र मागदाबी आएकाले त्यसमाथि आयोगले अध्ययन र छानबिन थाल्नेछ ।’
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण