ओली समूहले बिथोल्यो भेला, पार्टी कार्यालय कब्जा
बिहीबार, ०९ पुस २०७७, ०७ : ५७
पूर्वी नवलपरासीमा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले आयोजना गरेको अगुवा कार्यकर्ता भेला प्रधानमन्त्री केपी ओली पक्षका कार्यकर्ताले बिथालेका छन् । नेकपा गैंडाकोट नगर कमिटीले बुधबार दिउँसो आयोजना गरेको भेला ओली पक्षधरले नाराबाजीसहित बिथोलेका थिए ।
भेलामा दाहाल–नेपाल पक्षधरलाई बोलाएर पार्टीको पछिल्लो अवस्थाबारे जानकारी दिने उद्देश्य राखिएको थियो । कार्यक्रममा एउटा पक्षलाई मात्र राखिएको भन्दै ओली समर्थकले नाराबाजी गरेर कार्यक्रम गर्न दिएनन् ।
यसैबीच प्रधानमन्त्रीओली पक्षका नेता–कार्यकर्ताले सिन्धुलीस्थित नेकपा जिल्ला कार्यालय कब्जा गरेका छन् । पार्टी कार्यालय रहेको कमलामाई नगरपालिका–६ स्थित आजाद स्मृति भवन बुधबार ओली पक्षले कब्जामा लिएको हो । कान्तिपुरमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण