गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि १० लाख सहयोग
भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रत्ननगर नगरपालिकाले रु १० लाख हस्तान्तरण गरेको छ । रङ्गशाला निर्माणका लागि सो नगरपालिकाले रु १७ लाख सहयोग गर्ने आश्वासन यसअघि दिएको थियो । पहिलो चरणमा रु १० लाख प्रदान गरेको हो ।
नगरपालिकाको तर्फबाट रु १५ लाख, जनप्रतिनिधिको तर्फबाट रु एक लाख र कर्मचारीको तर्फबाट रु एक लाख गरी रु १७ लाख आर्थिक सहयोग गर्ने घोषणा गरिएअनुसार सहयोग रकम हस्तान्तरण गरिएको नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले धुर्मुस सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनालाई बुधबार रु १० लाखको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा नगर प्रमुख वनले कोरोना महामारीका कारण रङ्गशाला निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरणमा ढिलाइ भएको बताए ।
उनले भने, “चितवनमा अन्तर्राष्ट्रिय गौरवको आयोजना बनिरहेको छ । यो अन्तर्राष्ट्रिय महत्वको विषय भएकाले सहयोग जारी राख्नेछौँ ।” चितवन मुलुकको तेस्रो पर्यटकीय गन्तव्य भएकाले रङ्गशालाले जिल्लामा खेलकूदको माध्यमबाट पर्यटनको विकास हुने उनको विश्वास छ । प्रमुख प्रशासकीय अधिकृत कुँवरले बाँकी रु सात लाख पनि छिट्टै हस्तान्तरण गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण