आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अर्नब गोस्वामीको टेलिभिजनमाथि बेलायतद्वारा कारबाही

बिहीबार, ०९ पुस २०७७, १४ : ४६
बिहीबार, ०९ पुस २०७७

एजेन्सी । भारतीय टेलिभिजन प्रस्तोता अर्नब गोस्वामीको रिपब्लिक टिभी पछिल्लो समय विवादमा तानिएको छ । गोस्वामी यस टेलिभिजनका प्रधान सम्पादक समेत हुन् ।  यस टेलिभिजनको हिन्दी च्यानल रिपब्लिक भारतमाथि ब्रिटिस ब्रोडकास्टिङ रेग्युुलेटर अर्थात् बेलायतको टेलिभिजन नियमन गर्ने संस्थाले २० लाख पाउन्ड जरिवाना तोकेको छ । रिपब्लिक भारत बेलायतमा पनि प्रशारण हुने गरेको छ । टेलिभिजन बहसमा ‘हेट स्पिच’ नियमको उल्लंघन भएको बेलायती अधिकारीहरुले जनाएका छन् ।

६ सेप्टेम्बर २०१९ मा प्रकाशित ‘पूछता है भारत’ कार्यक्रममा ‘हेट स्पिच’ अर्थात् घृणा अभिव्यक्तिको प्रयोग भएको र यो अपमानजनक तथा नियमविपरित रहेको अधिकारीहरुले जनाएका छन् । 
बेलायती अधिकारीहरुकाअनुसार ‘पूछता है भारत’ को त्यस शृंखलामा पाकिस्तानीहरुविरुद्ध घृणा फैलाउने भाषण समावेश थियो । अधिकारीहरुका अनुसार कार्यक्रममा राष्ट्रियताका आधारमा भन्दै पाकिस्तानी मानिसहरुबारे अपमानजनक शब्दको प्रयोग गरिएको थियो । 

कोही पनि व्यक्तिको भावनामा यस्ता अपमानजनक टिप्पणीले ठेस पुुर्याउन सक्ने भएकाले बेलायती नियामक संस्थाले यसलाई अपराध भनेको छ । साथै, नियामक संस्थाले यस टेलिभिजनका लागि निर्देशिका पनि जारी गरेको छ । जसअन्तर्गत च्यानलमा कुनै पनि कार्यक्रमलाई दोहोर्याएर प्रशारण नगर्न निर्देशन दिइएको छ । 

नेपालबारे पनि फैलाएका थिए घृणा
नेपालले नयाँ नक्सा जारी गरेपछि आफ्नो टेलिभिजन कार्यक्रम प्रस्तुत गर्नेक्रममा गोस्वामीले नेपालबारे पनि विवादित बयान दिएका थिए । नेपाल–भारत विवादका समयमा उनको टेलिभिजन प्रस्तुति सन्तुुलित र तटस्थ थिएन । उनले एकोहोरो रुपमा लिम्पियाधुुरा र लिपुुलेकको भूमि भारतको भएको ठहर गरिरहे, तथ्य र प्रमाणबारे बहस र छलफल गर्नै चाहेनन् ।

त्यस्तै, कुनै आधार प्रस्तुत नगरी नेपालले चीनको इशारामा नयाँ नक्सा जारी गरेको दाबी पनि प्रस्तुत गरेका थिए । यसक्रममा उनले नेपाल र नेपालीको भावनामा ठेस पुुग्नेगरी कार्यक्रम बनाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप