हालसम्म कतिको भयो कोरोना बीमा दावी भुक्तानी ?
शुक्रबार, १० पुस २०७७, ०७ : ४१
बीमा समितिले कोरोना बीमा गरेकामध्ये बिहीबारसम्म १५ हजार ३८१ जनालाई बीमा दाबी भुक्तानी गरिसकेको जनाएको छ । बीमा समितिले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म कुल एक अर्ब ५० करोड ११ लाख ७५ हजार रुपियाँ कोरना बीमा दाबी रकम भुक्तानी भइसकेको छ।
बीमा दाबी गर्नेमध्ये दुई हजार ६८६ जनाको फाइल स्वीकृति हुने प्रक्रियामा रहेको जनाइएको छ। आवश्यक काजपत्र पूूरा नभएका कारण दुई हजार ५३ वटा फाइल सम्बन्धित कम्पनीमा फिर्ता पठाइएको छ। ७६ वटा फाइल दोहोरो परेका कारण भुक्तानी दाबी प्रक्रियाबाट बाहिरिएका छन् । अझै तीन हजार ७९८ परीक्षणको प्रक्रियामा छन् । अर्थ मन्त्रालयले बीमा दाबी भुक्तानी गरेको विवरण बारम्बार माग गर्न थालेपछि भुक्तानी हुने क्रम बढेको हो। गोरखापत्रमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण