विभाजित नेकपा : ओलीको गृहजिल्लामा प्रचण्ड–नेपाल पक्ष कमजोर
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गृहजिल्ला झापामा बलियो अवस्थामा देखिएका छन् । जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी कमिटीमा ओली समूह बलियो देखिएको हो ।
१७७ सदस्यीय जिल्ला कमिटीमा पूर्व एमालेबाट १०६ जना र पूर्वमाओवादीबाट ७१२ जना रहेका छन् । पूर्वएमाले पक्षधर ६० प्रतिशत रहेको झापामा ओली पक्षीयको बहुमत रहेको छ भने पूर्वमाओवादी पक्षबाट पनि केही ओलीतिर लागेको राजधानी दैनिकमा खबर छ ।
जिल्ला अध्यक्ष चिन्तन पाठक केन्द्रीय सदस्य भएका छन् । यस्तै पूर्वसांसद तथा कार्यालय सदस्य प्रेम गिरी केन्द्रीय सदस्य भइसकेका छन् । यसैगरी कार्यालय सदस्य राजेन्द्र दाहाल अहिले ओली कित्तामा लागेका छन् ।
पूर्वमाओवादीबाट सचिव रहेका मणि लिम्बु बादल समूहमा छन् । कार्यालय सदस्य चन्द्रा श्रेष्ठ, मोहन टुडु, अरुण श्रेष्ठ भने प्रचण्डनेपाल समूहमा रहेका छन् । कार्यालय सचिव शिवकुमार ढुंगेल ओली समूहमा खुलेर लागेको समाचारमा उल्लेख छ ।
यस्तै स्थानीय तहका प्रमुख र उपप्रमुखमा पनि ओली पक्षको बहुमत स्पष्ट देखिएको समाचारमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण