सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु
शनिबार, ११ पुस २०७७, १० : २३
टाटा सुमोले ठक्कर दिँदा आज बिहान झापाको कमल गाउँँपालिका–५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा आज बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे।१ज। २००४ नंको टाटा सुमोले बाटो काट्दै गरेका कमल–६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।
उनका अनुसार ठक्करबाट सख्त घाइते भएका खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने सुमो र त्यसका चालकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रनाउ पण्डितले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीमा राप्रपाको मोटरसाइकल र्याली, तस्बिरहरू
-
मधेस प्रदेशमा जनमत नेतृत्वमा सरकार गठन गर्नेबारे सहमति भएको छैन : एमाले
-
थली घटना : छोरा घाइते अवस्थामा फेला, छोरीसँग सोधपुछ
-
पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु
-
गृहमन्त्रीलाई कांग्रेसको चेतावनी : ‘कैलाश सिरोहियामाथि कारबाही भए हामी सहँदैनौँ’
-
आजको संसद् : कांग्रेसको अवरोध, सरकारको पेलाइ