घना बस्तीमा विनाशकारी बमरूपी पेट्रोल पम्प
२८ मंसिर २०७७ : ललितपुर ग्वार्कोस्थित उज्ज्वल पेट्रोल पम्पअगाडि ट्यांकरमा आगलागी। वारुण यन्त्र प्रयोग गरी समयमै आगलागी नियन्त्रण।
५ पुस २०७४ : वीरगन्जको सुपर ग्यास उद्योगमा ग्यास भण्डारण ट्यांकीबाट ग्यास लिक भई आगलागी। अग्निनियन्त्रक टोलीका दुईसहित तीन जनाको मृत्यु। मानवीयबाहेक १५ करोड रुपैयाँबराबरको क्षति।
२३ कात्तिक २०७४ : त्रिपुरेश्वरको जयन्ती आयल स्टोर परिसरभित्र आलम मेकानिकल वर्कसपमा आगलागी। एक जनाको ज्यान जानुका साथै दुई जना घाइते।
९ भदौ २०७३ : बल्खुको दक्षिणकाली पेट्रोल पम्पमा विद्युत् सर्ट भई आगलागी। तीन कामदार, प्रहरी र गाडी चालक घाइते।
असार २०७४ : लोकन्थलीको सिद्धार्थ पेट्रोल पम्पमा आगलागी। चार जना घाइते। ठूलो परिमाणमा धनसम्पत्तिको नोक्सानी।
माघ २०६४ : बल्खुको पेट्रोल पम्पनजिकै सडकमा १८ टन ग्यास बोकेको बुलेट दुर्घटना। पम्पबाट डेढ सय मिटर दूरीमा ग्यास डिपो। दर्जनौं चिम्नी। ग्यास लिक भएको भए आधा काठमाडौं सकिने जुद्ध वारुणयन्त्र काठमाडौंका तत्कालीन प्रमुख हरि बुढाथोकीको भनाइ।
यी घटनाले पेट्रोलियम पदार्थको बिक्री–वितरण, ओसारपसार तथा भण्डारणको अवस्था देखाउँछन्। पेट्रोलियम र ग्यास ढुवानी गर्दै गर्दा बाटो र पम्पमा तेल खन्याउने क्रममा भएका दुर्घटना दर्जनौं छन्। अग्निनियन्त्रक टोली समयमै आएका कारण ठूलो क्षति हुनबाट जोगिएको देखिन्छ। तर, दुर्घटना रोकिएको छैन। घना बस्ती र व्यस्त सडकमै पेट्रोल पम्प सञ्चालन गर्दा सहरवासी नै जोखिममा छन्।
ललितपुर ग्वार्कोस्थित उज्ज्वल पेट्रोल पम्पअगाडि केही समयअघि ट्यांकरमा भएको आगलागीबाट ठूलो जनधनको क्षति हुन सक्थ्यो। ‘थोरै ढिलो जानकारी आएको भए कल्पना गर्नै नसक्ने गरी क्षति हुन सक्थ्यो’, जुद्ध वारुण यन्त्रका प्रमुख लीलाराज गाछाले भने, ‘तत्कालै रेस्पोन्स गरी टिम परिचालन गरेकाले ठूलो दुर्घटनाबाट स्थानीय बासिन्दालाई जोगायौं।’
गाछाका अनुसार ट्यांकरमा करिब १२ हजार लिटर पेट्रोल थियो। संयोग नै मान्नुपर्छ, ट्यांकर अगाडिको भागमा आगो फैलिँदै गर्दा अग्निनियन्त्रकले निभाएका थिए। ‘आगोको लप्काले
ट्यांकरको ट्यांकीलाई टिपेको भए के हुन्थ्यो ? सहजै अनुमान गर्न सकिन्छ’, उनले भने, ‘ट्यांकीमा आगो लागेको भए पम्पमा पनि आगलागी हुन्थ्यो र पम्पसँगै स्थानीय घना बस्तीलाई सजिलै आगोको लप्काले भेट्न सक्थ्यो। ठूलो भवितव्य दुर्घटना ट¥यो।’
उनले उपत्यकामा घना बस्ती र सडकमै सञ्चालन भइरहेका यस्ता ‘विनाशकारी बमरूपी पम्प’लाई अन्यत्र सार्नुपर्ने सुझाव दिए। उनका अनुसार राजधानीका ९० प्रतिशत पम्पले अति प्रज्वलनशील पेट्रोलियम पदार्थको मापदण्डविपरीत र असुरक्षित तवरबाट व्यवसाय गर्दै आएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेश बर्मार सुवास गोतामेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण