गैरआवासीय नेपालीले लगाउन सुरु गरे कोरोनाविरुद्धको खोप
काठमाडौं । गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ ।बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीले कोरोनाविरुद्धको खोप लगाउन थालेका सङ्घले जनाएको छ । विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई आपत्कालीन अवस्थामा खोप दिन थालिसकेका छन् ।
९४.५ प्रतिशत नेपाली कोरोनामुक्त
विदेशमा कोरोना सङ्क्रमणमा परेका नेपालीमध्ये ९४.५ प्रतिशत कोरोनामुक्त भएका छन् । सङ्घका अनुसार शनिबार साँझसम्म विदेशमा ५२ हजार ८७२ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४९ हजार ८९२ जना कोरोनामुक्त भएको सङ्घअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।
समितिका अनुसार गत साता नाइजेरिया, इजिप्ट, साउदी अबर, कुवेतमा रहेका नेपालीमा सङ्क्रमण पाइएको छ । हालसम्म विभिन्न २१ देशमा ३१२ नेपालीको कोरोना सङ्क्रमणका कारण ज्यान गएको स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण