गैरआवासीय नेपालीले लगाउन सुरु गरे कोरोनाविरुद्धको खोप

काठमाडौं । गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ ।बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीले कोरोनाविरुद्धको खोप लगाउन थालेका सङ्घले जनाएको छ । विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई आपत्कालीन अवस्थामा खोप दिन थालिसकेका छन् ।
९४.५ प्रतिशत नेपाली कोरोनामुक्त
विदेशमा कोरोना सङ्क्रमणमा परेका नेपालीमध्ये ९४.५ प्रतिशत कोरोनामुक्त भएका छन् । सङ्घका अनुसार शनिबार साँझसम्म विदेशमा ५२ हजार ८७२ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४९ हजार ८९२ जना कोरोनामुक्त भएको सङ्घअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।
समितिका अनुसार गत साता नाइजेरिया, इजिप्ट, साउदी अबर, कुवेतमा रहेका नेपालीमा सङ्क्रमण पाइएको छ । हालसम्म विभिन्न २१ देशमा ३१२ नेपालीको कोरोना सङ्क्रमणका कारण ज्यान गएको स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली विमानस्थल आक्रमणमा इरानको संलग्नता छैन : तेहरान
-
बजेटमा चलखेल गर्न कार्यक्रम बिनाको नीति ल्याइयो : वर्षमान पुन
-
सरकारले बजेटबाट प्रभावकारी काम गर्नुपर्ने चुनौती छ : मुख्यमन्त्री लामा
-
माओवादी, राजावादी र कांग्रेसलाई एमालेको एकमुस्ट जवाफ : उच्चस्तरीय संयन्त्र खारेज गर्दा हुन्छ
-
ईपीएस कोरिया शाखामा धर्ना
-
सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा द्वन्द्वपीडितकाे प्रतिनिधित्व गराउने देउवाको प्रतिबद्धता