संसद पुनःर्स्थापना भए पार्टी विभाजन रोकिन्छः घनश्याम भुसाल
बुटवल । नेकपाका नेता घनश्याम भुसालले संसद विघटन जनचाहना विपरित भएकोले पुनःर्स्थापना गुर्नपर्ने बताएका छन् । प्रचण्ड–माधव समूहले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले संसद पुनःस्थापना भए अहिलेको पार्टी विभाजन रोकिने दाबी समेत गरे ।
उनले विश्वका कुनै पनि मुलुकमा जनताको चाहना विपरित गरिएको संसद विघटनलाई अदालतले सदर नगरेको दाबी गर्दै यहाँ पनि पुनःस्र्थापना हुने विश्वास व्यक्त गरे । उनले भने– ‘अदालतले गर्छ, गरेन भने जनताले सडक आन्दोलनबाट संसद पुनसंस्थापना गरेरै छाड्छन् ।’
पूर्वमन्त्री समेत रहेका भुसालले प्रतिनिधिसभा तुरुन्त पुनःर्स्थापना हुनुपर्ने धारणा राखे । उनले भने–‘अहिले ओली समूहमा लागेका मध्ये एकजना पनि ओलीले ठीक गरे भनेर गएका होइनन्, त्यसमध्येमा पनि अधिकांश ब्यक्तिगत कारणले हो । गएका मध्येबाट ओलीले ठीक गरे भन्ने एकजना मलाई देखाइदिनुस् ।’
कार्यक्रममा नेकपाका लुम्बिनी प्रदेश अध्यक्ष ओमसरी घर्तीमगरले संसद विघटनको निर्णयले ५० वर्षदेखिको जनताको समृद्धिको आकांक्षा तुहाएको र अस्थिरतालाई बल पुगेको बताइन् । आफूहरुको पक्षमा केन्द्र, प्रदेश र जिल्लाहरुमा समेत बहुमत पुग्ने भन्दै उनले कार्यकर्ताहरुलाई दोधारमा नपर्न आग्रह गरीन् ।
उनले भनिन्र्, हाम्रो सबै ठाउँमा बहुमत छ, तपाईहरु दोधारमा नपर्नुहोला ।’ लुम्बिनी प्रदेशका विभिन्न ९ ठाउँमा आज प्रचण्ड नेपाल समूहको जिल्ला भएको छ । ती भेलाहरुलाई प्रायः केन्द्रीय स्तरका नेताहरुले सम्बोधन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण