सहुलियतको खोपकै आशा: पहिलो चरणमा ९ लाख ११ हजार जनालाई !
सरकारले कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा ९ लाख ११ हजार जनालाई उपलब्ध गराउने तयारी गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले खोप आयात गर्न ४८ अर्ब रुपैयाँ सुनिश्चित गरिएको बताए। आवश्यक रकमको व्यवस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाइसकिएको छ। खोप भण्डारणका लागि काठमाडौं उपत्यकाबाहिर ६ स्थानमा भवन बनाउन लागिएको छ। कुल जनसंख्याको ७२ प्रतिशत अर्थात् २ करोड १६ लाखलाई खोप उपलब्ध गराउने लक्ष्य राखिएको छ।
अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कोरोना संक्रमण रोकथाम, उपचार तथा व्यवस्थापनमा खटिने व्यक्तिलाई पहिलो प्राथमिकतामा राखिएको छ। दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगी प्राथमिकतामा छन्। दोस्रो चरणमा ५१ लाखलाई खोप दिने योजना छ। तेस्रो चरणमा ४० देखि ५४ वर्षका २९ लाखलाई दिइनेछ। १५ देखि ३५ वर्ष उमेर समूहका ४२ प्रतिशत (एक करोड २७ लाख)लाई खोप दिने योजना बनाइरहेको डा. गौतमले बताए। १५ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको परीक्षण खोप उपलब्ध नगराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। खोप ल्याउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), युनिसेफ, गाभीसँग समन्वयात्मक रूपमा सहकार्य गरिरहेको डा. गौतमले बताए।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण