प्रधानमन्त्री ओली सच्चिएर आए पुनः पार्टी एकता हुनसक्छः योगेश भट्टराई
सोमबार, १३ पुस २०७७, १२ : २७
नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आए पुनः पार्टी एकता हुन सक्ने बताएका छन् । नेता भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताए । प्रेस सङ्गठन नेपालले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भट्टराईले त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुपर्नेमा जोड दिए ।
सो समूहका स्थायी कमिटी सदस्य भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्था नभएको विचार व्यक्त गरे । निर्वाचन अहिले मुलुकका लागि आवश्यक नभएको तर्क राख्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले प्रतिनिधिसभा विघटनको निर्णय सच्चिनेमा आफूहरु विश्वस्त रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ
-
महाकाली नदीको बहाब एकाएक बढ्यो, १४ वटा ट्र्याक्टरसहित मजदुर थुनिए
-
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा
-
राष्ट्रपतिका आर्थिक विज्ञको अभिव्यक्तिले शीतल निवासमा हलचल