सर्वोच्च अदालतले संविधानको रक्षा गर्छः देव गुरुङ
कास्की । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले अदालतले संविधानको रक्षा गर्ने विश्वास व्यक्त गरेका छन् । नेकपा गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सर्वोच्च अदालतले संसद् विघटनका विपक्षमा आदेश दिनेमा आफूहरु आशावादी रहेको बताए । विघटित प्रधिनिधिसभामा नेकपाका प्रमुख सचेतक गुरुङले भने, “सरकार बन्न नसकेका अवस्थामा बाहेक संविधानमा प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको परिकल्पना गरिएको छैन, हामीलाई आशा र विश्वास छ, सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई सच्याउने छ ।”
सो अवसरमा नेकपा नेता देवेन्द्र पौडेलले पार्टीको विधान र नियमावलीविपरीतका गतिविधि गर्न नहुनेमा जोड दिँदै संविधानको रक्षाका लागि आफूहरु आन्दोलित भएको बताए । प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले प्रतिनिधिसभाको नियमित अधिवेशन आह्वान गरी बैठक चलाउन प्रदेश समितिको बैठकले माग गर्नेलगायत आठबुँदे प्रस्ताव पारित गरी बैठक सम्पन्न भएको जानकारी दिए । गण्डकी प्रदेश कमिटीका २१६ सदस्यमध्येमा आफूहरुको बैठकमा ११० जना बहुमत सदस्य प्रत्यक्ष उपस्थित भएको उनले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले ‘आत्महत्या’ गर्छु भनेपनि समिति गठन हुँदैन : एमाले
-
सरकारले सोमबार छानबिन समिति गठनको कुरा लिएर आउने विश्वास छ : रमेश लेखक
-
वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै
-
जिबी राई भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ : ज्ञानेन्द्र शाही
-
आय गणनामा नयाँ व्याख्या गर्दै सर्वोच्चले भन्यो– अस्वाभाविक जीवनपद्धति नै भ्रष्टाचार हो
-
लुम्बिनीका दुई सांसद जसपामा खुले