शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उखु किसानको आन्दोलन स्थगित, तीन साताभित्र वक्यौता भुत्तानी हुने

मङ्गलबार, १४ पुस २०७७, ०६ : १९
मङ्गलबार, १४ पुस २०७७

काठमाडौं । लामो समयदेखि माइतीघर–बानेश्वर सडकमा आन्दोलनरत उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ । सहमतिसँगै उखु किसानको आन्दोलन स्थगित भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको वार्तामा सरकारले तीन साताभित्र उखु किसानको सबै बक्यौता भुक्तानी रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो ।

चार बुँदे सहमतिमा उखु किसानको बक्यौता भुक्तानी नगर्ने चिनी मिल्सका सञ्चालकको सम्पत्ति रोक्का राख्ने, बैंक खाता बन्द गर्ने, थुनुवा पुर्जी जारी गर्नेलगायतका कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने उल्लेख छ ।

यसैगरी उखु किसान र चिनी उद्योगसँग सम्बन्धित अन्य समस्याबारे अध्ययन गरी १२० दिनभित्र सुझाव पेस गर्न संयुक्त प्राविधिक समिति गठन गर्ने सहमति भएको छ । समितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह, कषि तथा पशुपन्छी विकास मन्त्रालय र अर्थ मन्त्रालयका एक एक जना प्रतिनिधि, उखु किसानबाट तीन जना, चिनी उत्पादक संघका एक जना र आन्दोलनरत उखु किसान संघर्ष समितिका दुई जना प्रतिनिधि रहने उल्लेख छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप