काठमाडौँका ११ वटा स्थानीय तहमा एक अर्बको लागतमा पूर्वाधार निर्माण हुने
काठमाडौँ । चालू आर्थिक वर्षमा काठमाडौँका ११ वटा स्थानीय तहमा गरी ५१६ वटा भौतिक पूर्वाधारका योजना निर्माण हुने भएका छन् । सङ्घअन्तर्गतको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट २३७ र प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यक्रमबाट २७९ वटा गरी ५१६ वटा पूर्वाधार कार्यक्रम कार्यान्वयन हुन लागेका हुन् । ती पूर्वाधार निर्माणका लागि काठमाडौँका १० वटा र प्रदेशका २० वटा निर्वाचन क्षेत्रबाट योजना छनोट भई धमाधम कार्यान्वयनको चरणमा छन् ।
सबै योजना पूर्ण रूपमा कार्यान्वयन भइसक्दा काठमाडौँँमा ठूला पूर्वाधार निर्माण हुने अपेक्षा गरिएको छ । चालू आर्थिक वर्षमा काठमाडौँमा सङ्घअन्तर्गत १० वटा निर्वाचन क्षेत्रमा गरी ४० करोड र बागमती प्रदेशअन्तर्गत काठमाडौँँका २० वटा निर्वाचन क्षेत्रमा ६० करोड रुपियाँ गरी एक अर्ब रुपियाँको लागतमा भौतिक पूर्वाधारको काम हुने काठमाडौँको जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारीले जानकारी दिए ।
सरकारले सङ्घीय सांसदलाई स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम गर्न चालू आर्थिक वर्षका लागि प्रतिसांसद चार करोड रुपियाँ र प्रदेशको पूर्वाधार कार्यक्रमका लागि प्रतिसांसद तीन करोड रुपियाँ प्रदान गरेको छ ।
सङ्घअन्तर्गतको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट जिल्ला समन्वय समितिको प्रशासनिक खर्चका लागि १६ लाख र प्रदेश पूर्वाधार कार्यक्रमबाट २४ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण