केपी ओलीबाट जनतामाथि विश्वासघात भयो: भीम रावल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य एवं पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीबाट जनतामाथि विश्वासघात गरिएको आरोप लगाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले केपी ओली नेतृत्वको सरकारका असंवैधानिक कदमका विरुद्ध आयोजना गरेको विरोध कार्यक्रम अन्तर्गत धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
रावलले प्रधानमन्त्री ओलीमाथि प्रतिनिधिसभा विघटन गरेर जनमत कुल्चिएको आरोप लगाए । सहिदको रगत, पसिनाको बलमा संविधानसभाबाट बनाइएको संविधानलाई ओली नेतृत्वको सरकारले कुल्चिएको उनको भनाइ थियो ।
आफूहरु सहिदको सपना, उनीहरुको मूल्य–मान्यताको रक्षा गर्न सडकमा उत्रिएको रावलले बताए । ‘निरंकुशताका लागि सहिदले रगत बगाएका होइनन्,’ उनले भने, ‘दुई वर्षमै संविधानमाथि बुट बजार्नका लागि जनताले मत दिएका होइनन् ।’
प्रधानमन्त्री ओलीले एकातिर संविधान कुल्चिएर प्रतिनिधिसभा विघटन गरेको, अर्कोतिर पदबाट राजीनामा नदिइ संविधान विपरीत मन्त्रिपरिषद पुनर्गठन गरेको आरोप पनि रावलले लगाए । उनले प्रधानमन्त्री ओलीबाट राष्ट्रघात भएको पनि आरोप लगाए । एमसीसी सम्झौता राष्ट्रघाती भएको दावी गर्दै उनले सोही सम्झौता अघि बढाउन अथक प्रयास गरेका ओलीले राष्ट्रघातको बाटो रोजेको प्रस्ट पारे । एमसीसीमा टेकेर देशमा विदेशी सेना भित्रिने खतरा रहेको पनि उनले औंल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण