माफी माग्दै रजनीकान्तले भने-‘स्वास्थ खराब छ, चुनाव लड्दिन’
एजेन्सी । दक्षिण भारतका सुपरस्टार रजनीकान्तले चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । मंगलबार तमिल भाषामा एक विज्ञप्ति जारी गर्दै फ्यानसँग माफी मागे । जनताको सेवालाई भने निरन्तर जारी राख्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘खराब स्वास्थका कारण राजनीतिमा आउने घोषणा गरेर वीरता देखाउन चाहान्न । आफ्ना समर्थकहरुलाई पनि हैरान बनाउन चाहान्न । यस निर्णयबाट पनि केही फ्यानहरु दुुःखी हुनुुभएको होला, मलाई माफी दिनुस् ।’
डाक्टरले रजनीकान्तलाई आराम गर्न सल्लाह दिएका छन् । ब्लड प्रेसरमा देखिएको उतारचढाव र थकान महसूस भएपछि ७० वर्षीय रजनीकान्त २५ डिसेम्बरमा हैदरावादको एपोलो अस्पतालमा भर्ना भएका थिए । दुुई दिनपछि उनी डिस्चार्ज भए । डाक्टरहरुले रजनीलाई एक सातासम्म बेड रेस्ट गर्न, शारीरिक गतिविधि कम गर्न र कोरोनाबाट जोगिएर बस्न सल्लाह दिएका थिए । ३ डिसेम्बरमा रजनीकान्तले २०२१ को विधानसभा चुनाव लड्ने घोषणा गरेका थिए । उनले यसका लागि ३१ डिसेम्बरमा नयाँ पार्टी घोषणा गर्ने योजना पनि सुनाएका थिए ।
कमल हसनसँग गठबन्धन
अघिल्लो वर्ष रजनीकान्तले अर्का अभिनेता तथा राजनीतिज्ञ कमल हसनसँग गठबन्धन गर्नका लागि छलफल गरेका थिए । ‘राज्यका जनताको हितलाई हेर्दै यदि कमल हसनसँग गठबन्धन गर्नुपर्ने अवस्था आयो भने हामी पक्कै पनि एक हुनेछौं’ रजनीकान्तले त्यतिबेला भनेका थिए । कमल हसनले निर्वाचन अभियान सकिएलगत्तै रजनीसँग भेट्ने बताएका छन् । ‘रजनीका फ्यानहरुझैं उनी पनि निराश छन्, तर उनको स्वास्थ प्रमुख हो,’ कमल हसनले भने ।
चुनावी राजनीतिमा यी अभिनेताहरु पनि
दक्षिण भारतमा चुनाव उठ्ने कलाकारहरुको सूची लामो छ । विगतमा डाक्टर एमजी रामचन्द्रन, एम करुणानिधी, जे जयललिता, कमन हसन, विजयकान्त, सरत कुमार र करुनासलगायत लोकप्रिय कलाकार चुनावी प्रतिस्पर्धामा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण