शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

माफी माग्दै रजनीकान्तले भने-‘स्वास्थ खराब छ, चुनाव लड्दिन’

मङ्गलबार, १४ पुस २०७७, १८ : ००
मङ्गलबार, १४ पुस २०७७

एजेन्सी । दक्षिण भारतका सुपरस्टार रजनीकान्तले चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । मंगलबार तमिल भाषामा एक विज्ञप्ति जारी गर्दै फ्यानसँग माफी मागे । जनताको सेवालाई भने निरन्तर जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।  विज्ञप्तिमा भनिएको छ, ‘खराब स्वास्थका कारण राजनीतिमा आउने घोषणा गरेर वीरता देखाउन चाहान्न । आफ्ना समर्थकहरुलाई पनि हैरान बनाउन चाहान्न । यस निर्णयबाट पनि केही फ्यानहरु दुुःखी हुनुुभएको होला, मलाई माफी दिनुस् ।’

डाक्टरले रजनीकान्तलाई आराम गर्न सल्लाह दिएका छन् । ब्लड प्रेसरमा देखिएको उतारचढाव र थकान महसूस भएपछि ७० वर्षीय रजनीकान्त २५ डिसेम्बरमा हैदरावादको एपोलो अस्पतालमा भर्ना भएका थिए । दुुई दिनपछि उनी डिस्चार्ज भए । डाक्टरहरुले रजनीलाई एक सातासम्म बेड रेस्ट गर्न, शारीरिक गतिविधि कम गर्न र कोरोनाबाट जोगिएर बस्न सल्लाह दिएका थिए । ३ डिसेम्बरमा रजनीकान्तले २०२१ को विधानसभा चुनाव लड्ने घोषणा गरेका थिए । उनले यसका लागि ३१ डिसेम्बरमा नयाँ पार्टी घोषणा गर्ने योजना पनि सुनाएका थिए । 

कमल हसनसँग गठबन्धन 

अघिल्लो वर्ष रजनीकान्तले अर्का अभिनेता तथा राजनीतिज्ञ कमल हसनसँग गठबन्धन गर्नका लागि छलफल गरेका थिए । ‘राज्यका जनताको हितलाई हेर्दै यदि कमल हसनसँग गठबन्धन गर्नुपर्ने अवस्था आयो भने हामी पक्कै पनि एक हुनेछौं’ रजनीकान्तले त्यतिबेला भनेका थिए ।  कमल हसनले निर्वाचन अभियान सकिएलगत्तै रजनीसँग भेट्ने बताएका छन् । ‘रजनीका फ्यानहरुझैं उनी पनि निराश छन्, तर उनको स्वास्थ प्रमुख हो,’ कमल हसनले भने । 

चुनावी राजनीतिमा यी अभिनेताहरु पनि 
दक्षिण भारतमा चुनाव उठ्ने कलाकारहरुको सूची लामो छ । विगतमा डाक्टर एमजी रामचन्द्रन, एम करुणानिधी, जे जयललिता, कमन हसन, विजयकान्त, सरत कुमार र करुनासलगायत लोकप्रिय कलाकार चुनावी प्रतिस्पर्धामा थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप