अब देशभरका भन्सार कार्यालय कडा निगरानीमा
काठमाडौं । भन्सार विभागले देशभरका भन्सार कार्यालयको निगरानी र अनुगमनका लागि ‘सेन्ट्रल मनिटरिङ सिस्टम’ सञ्चालनमा ल्याएको छ । विभागले केन्द्रबाट सीसीटीभीमार्फत यो प्रणाली सञ्चालनमा ल्याएको हो । जसका कारण अब देशभरका भन्सार कार्यालयहरू कडा निगरानीमा पर्नेछन् ।
पहिलो चरणमा १४ वटा भन्सार कार्यालयको अनुगमन सो प्रणालीमा ल्याइएको विभागले जनाएको छ । सेन्ट्रल मनिटरिङ सिस्टम सञ्चालनमा आएसँगै अब केन्द्रले सीसीटीभी क्यामेराको सहायताबाट भन्सार नाकाका गतिविधि सहजै हेर्न र आवश्यकताअनुसार निर्देशन दिन सक्ने विभागको दावी छ ।
यस नयाँ प्रणालीलाई कार्यान्वयनमा ल्याउन भन्सार कार्यालयको स्वचालित तथ्यांक प्रणाली (आशिकुडा) कम्प्युटराइज प्रणालीबाट भन्सार कार्यालयको तथ्यांक राख्ने प्रणाली विकास गरिएको छ । आशिकुडा वल्र्ड सिस्टममा सञ्चालित अनुगमन प्रणाली मुलुकका २४ वटा भन्सार कार्यालयमा लागु भइसकेको छ ।
अनुगमनमा खटिने कर्मचारीले जाँचपासको क्रममा कुनै शंकास्पद गतिविधि देखिएमा तत्कालै कार्यालयका कर्मचारीलाई फोन गरी सोधपुछ गर्न सक्ने विभागले जनाएको छ ।
विभागका महानिर्देशक सुमन दाहालले भन्सार कार्यालयको निगरानी र अनुगमनका लागि सेन्ट्रल मनिटरिङ सिस्टम एकदमै उपयोगी एवं फलदायी हुने अपेक्षा गरिएको बताए । विश्व बजारमा देखिएका विभिन्न नवीनतम प्रविधिको प्रयोगबाट भन्सार कार्यालयलाई व्यवस्थित गर्ने र यसलाई अझ बढी पारदर्शी बनाउने विषय सधंै विभागको प्राथमिकतामा रहेको भन्दै उनले अहिले यस्तो प्रणाली सञ्चालनमा ल्याएको बताए । उनले विभागमा अत्याधुनिक प्रयोगशाला स्थापना भएपछि विभिन्न खाद्य वस्तुदेखि सुनसम्मको गुणस्तर मापन गर्न सकिने बताए । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण