नेपाल एयरलाइन्सले ल्यायो संक्रमित यात्रु, अन्य क्वारेन्टिन र होम आइसोलेसनमा
मलेसियाबाट आएको नेपाल एयरलाइन्सले बुधबार कोरोना पोजिटिभ भएका एक यात्रुलाई काठमाडौं ल्याएको छ । १ सय ४५ यात्रु लिएर आएको विमानले रिपोर्ट पोजिटिभ भएका रौतहटका एक युवालाई ल्याएको हो । स्वास्थ्य सेवा विभागको हेल्थ डेस्कमा जाँच गर्ने क्रममा उनले रिपोर्ट पोजिटिभ देखाएका थिए ।
जहाज चढ्नु ७२ घण्टाअघि कोरोना परीक्षण गरेर नेगेटिभ आएको यात्रु मात्रै जहाजमा चढाउनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । यही अभ्यासअनुसार विदेशबाट आउने सबै यात्रुले पीसीआर गर्नुपर्ने हुन्छ । रिपोर्ट नेगेटिभ आएकालाई मात्रै जहाज चढाउनुपर्थ्यो तर नेपाल एयरलाइन्सको आरए ४१६ जहाजले बुधबार मलेसियाबाट पीसीआर रिपोर्ट पोजिटिभ देखिएको यात्रुलाई समेत ल्याएको हो । पीसीआर रिपोर्ट हेर्दा पोजिटिभ देखिएपछि उनलाई टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।
जहाजबाट ओर्लिएर टर्मिनलभित्र छिर्नेबित्तिकै हेल्थ डेस्कमा रिपोर्ट देखाउनुपर्ने हुन्छ । ‘रिपोर्ट जाँच गर्ने क्रममा एक जना पुरुषलाई कोरोना पोजिटिभ देखिएको हो,’ एक स्वास्थ्यकर्मीले भने, ‘जहाजबाट आएका यात्रुलाई पोजिटिभ देखिनेबित्तिकै हल्लीखल्ली भयो । त्यो जहाजबाट आएका यात्रुलाई छुट्टै राखेर व्यवस्थापनतिर लाग्यौं ।’
विमानमा आएका १ सय ४५ मध्ये ५४ जनालाई होटलको क्वारेन्टाइनमा राखिएको छ । अन्यलाई घरमा आइसोलेसन बस्नलाई पठाइएको विमानस्थल स्रोतले जनाएको छ ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण