बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्री त्रिपाठी र भारतीय राजदूतबीच वार्ता

बिहीबार, १६ पुस २०७७, १२ : ४९
बिहीबार, १६ पुस २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राबीच शिष्टाचार भेट भएको छ ।   नवनियुक्त स्वास्थ्यमन्त्री त्रिपाठीलाई भेट्न राजदूत क्वात्रा बिहीबार मन्त्रालय पुगेका हुन् । त्यस अवसरमा राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई बधाई तथा शुभकामना दिएका छन् ।

भेटमा दुवैले नेपाल भारत सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको मन्त्रि त्रिपाठीको नीजि सचिवालयले जनाएको छ । साथै वर्तमान कोभिड–१९ विरुद्ध  नेपाल र भारत मिलेर अगाडी बढ्ने गरि मुख्यतः कोभिड १९ को खोपका सम्बन्धमा सम्वाद भएको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप