शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

गायत्री मन्त्रबाट अक्षयले गरे नयाँ वर्षको स्वागत

शुक्रबार, १७ पुस २०७७, १३ : ४१
शुक्रबार, १७ पुस २०७७

मुम्बई । आज नयाँ वर्ष अर्थात २०२१ को पहिलो दिन । यो दिनको सुरुवात सबैले आ–आफ्नै तरिकाले गरिरहेका छन् ।
बलिउड अभिनेता अक्षयकुमारले भने यो दिनको सुरुवात गायत्री मन्त्र जपबाट गरेका छन् । जसको जानकारी अक्षयले सामाजिक संजालमा एक भिडियो शेयर गर्दै गराएका हुन् ।

‘यदि तपाईले मिस गर्नु भएको छ भने हेर्नुहोस् । नयाँ वर्ष २०२१ को पहिलो सूर्योदय’ भिडियो शेयर गर्दै अक्षयले लेखेका छन् ‘म सबैको विकाश र खुसीको कामना गर्दछु ।’ 
भिडियोमा सूर्योदय देखिएको छ । जसमा अक्षयले गायत्री मन्त्र जप गरेका सुन्न सकिन्छ । भिडियो फ्यानले रुचाएका छन् ।

अक्षयले २०२० मा धेरै मानिसलाई सहयोग र मनोरन्जन गराएका छन् । नयाँ वर्षमा दर्शकले उनीबाट अझै धेरै आस गरेका छन् । अक्षय यो वर्षमा ‘सूर्यवंशी’, ‘अन्तरंगी’, ‘ पृथ्वीराज’ जस्ता फिल्ममा देखिनेछन् ।
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Akshay Kumar (@akshaykumar)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप