पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ जना पुगेको छ ।
मन्त्रालयकाअनुसार ५२२५ जनामा कोरोना परीक्षण गरिएको थियो । जसमध्ये २७३ पुरुष र १५३ महिला गरी ४२६ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
त्यसैगरी २४ घण्टाभित्र संक्रमणमुक्त हुनेको संख्या ७४८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५३ हजार १०७ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ६०४८ रहेको छ । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८६४ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौंमा १३४, ललितपुरमा १८ र भक्तपुरमा १५ जना संक्रमित भेटिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण