छोरा विकसित देशका प्रधानमन्त्री, बाबुले मागे दोश्रो देशको नागरिकता !
एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनका पिताले फ्रान्सको नागरिकता दाबी गर्दै निवेदन दर्ता गरेका छन् । ब्रेजिक्ट सम्झौतालगत्तै प्रधानमन्त्री जोनसनका पिताले चाल्नुभएको यो कदमलाई बेलायतले गरेको निर्णयको विरोधको रुपमा लिन थालिएको छ ।
बुधबार मात्र बेलायतको संसदले युरोपेली संघ ब्रेजिक्ट व्यपार सम्झौतालाई अनुमोदन गरेको थियो । त्यसका लागि बेलायतकी महारानी एलिजावेथ द्धितीय र प्रधानमन्त्री जोनसनले हस्ताक्षर गरेका थिए । यद्यपि, प्रधानमन्त्री जोनसनका बाबु स्टैन जोनसले बिहीबार आफ्नो फ्रान्सेली पहिचानलाई पुनः हासिल गर्ने प्रक्रियामा गएको प्रतिक्रिया दिएका छन् ।
उनले यो फ्रान्सेली नागरिक बन्ने सवाल मात्र नभएको बताउँदै यदि राम्रोसँग गहिराईमा गएर बुझ्ने हो भने आफु फ्रेन्च नै रहेको दाबी गरेका छन् । उनले आफ्नी आमाको जन्म फ्रान्समा भएको दाबी गर्दै हजुरबुबा पनि फ्रान्सेली नागरिक भएको बताएका छन् । उनले ‘आफ्नो पहिचान के हो भन्ने’ कुरा प्राप्त गर्न चाहेको दाबी गरेका छन् । यद्यपि, स्टैनले आफु हमेशा युरोपियन भने रहिरहने जनाएका छन् । उनले भनेका छन्ः ‘यो निश्चित छ, तपाई मलाई अब ब्रिटिश भन्न सक्नुहुन्न् ।’
८० वर्षीय स्टैन जोनस यसअघि युरोपेली संसदको सदस्य समेत भैसकेका व्यक्ति हुन् । उनले सन् २०१६ को जनमत संग्रहमा युरोपियन युनियनसँगै रहने बेलायतको निर्णयलाई समर्थन गरेका थिए । तर बेलायतले बिहीबार युरोपियन युनियनसँगको आर्थिक सम्बन्ध तोडेपछि ब्रिटेनका नागरिकहरुले युरोपियन युनियनमा अन्तर्गतका २७ देशमा बस्ने र काम गर्ने अधिकार गुमाएका छन् । तर जोसँग दोहोरो नागरिकता हुन्छ, उनीहरुलाई भने बस्ने र काम गर्ने अधिकार प्राप्त हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण